एमाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने उषाकिरणको घोषणा
विदुर खबर
२०७८ मंसिर ८ गते १२:२३
नुवाकोट ।नेकपा एमालेकी नेता उषाकिरण तिम्सिनाले दसौं राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेकी छन्।

चितवनमा मंसिर १० देखि १२ गतेसम्म एमालेको महाधिवेशन हुँदैछ। उनी यसअघिदेखि नै पार्टी राजनीतिमा पनि सक्रिय थिइन्। उनी नुवाकोट पार्टी सदस्य छिन्। नवौं महाधिवेशनमा पनि उनी महाधिवेशन प्रतिनिधि थिइन्।
तिम्सिनाले यसपालि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने बताइन्। उनी नेता माधवकुमार नेपालनिकट रहे पनि नेपालले पार्टी फुटाउँदा साथ दिइनन्, एमालेमै सक्रिय रहिन्।
१० बुँदे समझदारीमार्फत् उनी एमालेमै सक्रिय रहेकी छन्। उनलाई अध्यक्ष केपी शर्मा ओलीको आलोचकका रूपमा समेत चर्चा गर्ने गरिन्छ।
उनी लामो समय अखिलमा रहेर पनि काम गरेकी थिइन्।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने
नुवाकाेटमा हैजाविरुद्धकाे खाेप
भत्किएका बाटा र बगेका पुलबीच यादमा सल्बलाएका ‘आफ्ना मानिसहरू’
किस्पाङ बाढीपीडितलाई राहत : मृतक परिवारलाई ३० हजार, घरबारविहीनलाई मासिक ४ हजार





प्रतिक्रिया