नेपालमा पछिल्लो २४ घण्टामा ३ सय ५१ जनामा कोरोना संक्रमण पुष्टि

विदुर खबर २०७८ मंसिर ७ गते १८:४५

नुवाकोट । पछिल्लो २४ घण्टामा थप ३५१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

Advertisement

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ३५१ जना संक्रमित थपिएका हुन्। पछिल्लो २४ घण्टामा १० हजार १७४ जनाको कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

८ हजार ७२९ जनाको पिसिआर परीक्षण र १४४५ जनाको एन्टिजेन परीक्षण गरिएको थियो। नेपालमा हाल ७ हजार ३०० जना सक्रिय संक्रमित छन्।

Advertisement

यस्तै, पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट ९ जनाको मृत्यु भएको छ। योसँगै मृत्यु हुनेको संख्या ११ हजार ५०९ पुगेको छ। २७३ जना निको समेत भएको मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया