कांग्रेस महाधिवेशन : केन्द्रीय र प्रदेश प्रतिनिधिबाट मात्र दुई करोड उठाइँदै
 
		
	नुवाकोट । अधिवेशनको दौरानमा उम्मेदवारी दर्ताबाट मात्र करोडाै रुपियाँ संकलन गरिरहेको सत्ताधारी दल नेपाली कांग्रेसले मंसिर २४ देखि २६ सम्म हुने महाधिवेशनमा भाग लिन आउने प्रतिनिधिबाट मात्रै करिब १ करोड ३५ लाख रुपियाँ संकलन गर्ने भएको छ ।

महाधिवेशनका लागि १ सय ६५ निर्वाचन क्षेत्रबाट २५ जनाको दरले ४ हजार १ सय २५ जना प्रतिनिधि आउँदै छन् । ७७ जिल्ला सभापति, केन्द्रीय समितिका सबै जना, भ्रातृ एवं शुभेच्छुक संघ–संस्थाबाट आउने प्रतिनिधि र विदेशस्थित जनसम्पर्क समितिबाट आउने प्रतिनिधि गरी महाधिवेशनमा करिब ४ हजार ५ सय जना प्रतिनिधिको नामावली दर्ता हुन्छ ।
आइतबार बसेको केन्द्रीय समिति बैठकले केन्द्रीय महाधिवेशन प्रतिनिधिले नामावली दर्ता शुल्कबापत ३ हजार रुपियाँ बुझाउनुपर्ने निर्णय गरेपछि थप १ करोड ३५ लाख रुपियाँ संकलन हुने भएको हो । अधिवेशनमा नेतृत्वमा दाबी गर्ने उम्मेदवारले १ सय रुपियाँदेखि ३० हजार रुपियाँसम्म शुल्क तोकेर करोडौं रुपियाँ उठाएको कांग्रेसले प्रदेश अधिवेशन प्रतिनिधिले समेत नामावली दर्ताबापत २ हजार रुपियाँ बुझाउनुपर्ने भएको छ ।
प्रदेश अधिवेशनमा ५ हजार २ सय ८० भन्दा बढी प्रतिनिधि हुन्छन् । अधिवेशन प्रतिनिधिले नामावली दर्ताबापत २ हजार शुल्क बुझाउँदा प्रदेश अधिवेशनमा प्रतिनिधिबाट मात्र १ करोड रुपियाँभन्दा बढी रकम संकलन हुने देखिएको छ । अधिवेशनका लागि भन्दै केन्द्रदेखि गाउँ तहसम्म संकलन हुने चन्दाको हिसाबकिताब नै हुने गरेको छैन ।उम्मेदवारी दर्ताको सन्दर्भमा कांग्रेसको निर्वाचन निर्देशिकाअनुसार वडा कार्यसमितिमा सदस्यको उम्मेदवारका लागि १ सय रुपियाँ तोकेको थियो भने केन्द्रीय सभापति उम्मेदवारका लागि ३० हजार रुपियाँ शुल्क तोकेको छ । वडा सभापति उम्मेदवारका लागि ५ सय शुल्क तोकिएको छ भने उपसभापति, सचिव र सहसचिवका लागि ३ सय शुल्क तोकेको छ । प्रदेशसभा क्षेत्रीय प्रतिनिधिका लागि ५ सय शुल्क छ भने वडा कार्यसमिति सदस्य उम्मेदवारका लागि १ सय रुपियाँ शुल्क तोकिएको छ ।

वडा कार्यसमितिमा मनोनितबाहेक सभापति उपसभापति सचिवसहित कम्तीमा १५ जनाको कार्यसमिति निर्वाचित हुनेछ । १ सय ५० भन्दा कम क्रियाशील सदस्य भएको वडामा कम्तिमा ९ जना क्षेत्रीय प्रतिनिधि निर्वाचित हुनेछन् । वडा कार्यसमिति निर्वाचनबाट मात्र कांग्रेसको करोडौं रुपियाँ संकलन भएको छ ।कांग्रेसको गाउँ-नगरपालिका अधिवेशनबाट पनि उम्मेदवारबाट ठूलो धनराशी संकलन भएको छ । गाउँपालिका कार्यसमिति निर्वाचनमा सभापतिका लागि २ हजार शुल्क तोकिएको छ भने उपसभापति, सचिव र सहसचिवका लागि १ हजार शुल्क तोकिएको थियो ।
गाउँपालिका कार्यसमिति सदस्यका लागि ५ सय शुल्क तोकिएको थियो । नगरपालिका कार्यसमितिमा अझ बढी रकम तोकिएको छ । निर्वाचन निर्देशिकाअनुसार नगरपालिका कार्यसमिति सभापतिका लागि ४ हजार तोकिएको थियो भने उपमहानगरपालिका, महानगरपालिकाको सभापतिका लागि ५ हजार तोकिएको थियो । उपसभापति र सचिवको उम्मेदवारका लागि नगरमा ३ हजार तोकिएको थियो । सहसचिवका लागि २ हजार रुपियाँ शुल्क तोकिएको थियो भने कार्यसमिति सदस्यका लागि १ हजार रुपियाँ तोकिएको थियो । ७ सय ५३ स्थानीय तहमा हुने अधिवेशनबाट उम्मेदवारी दर्ता शुल्कबाट मात्र करोडौं रुपियाँ संकलन हुन्छ । गाउँ नगर कार्यसमितिमा पनि कम्तीमा १५ जनाभन्दा बढी निर्वाचित हुन्छन् ।
कांग्रेसले प्रदेशसभा क्षेत्रीय कार्यसमितिअन्तर्गत सभापति पदका लागि ५ हजार, उपसभापति र सचिव पदका उम्मेदवारलाई ३ हजार, सहसचिव पदका लागि २ हजार ५ सय र कार्यसमिति सदस्य पदका लागि २ हजार रुपियाँ शुल्क निर्धारण गरेको छ । कुल ३ सय ३० प्रदेशसभा क्षेत्रीय अधिवेशनमा पनि उम्मेदवारबाट लाखौं रुपियाँ संकलन हुनेछ ।
प्रदेशमा सभापति, उपसभापति, दुई सचिव, दुई सहसचिव, एक कोषाध्यक्ष र प्रदेश अधिवेशन प्रतिनिधि १६ जना निर्वाचित हुनेछन् । साथै कुल संख्याको २० प्रतिशत मनोनित हुनेछन् ।प्रतिनिधिसभा क्षेत्रको अधिवेशनबाट पनि उम्मेदवारहरुबाट उल्लेख्य रकम संकलन हुने भएको छ । प्रतिनिधिसभा क्षेत्रीय अधिवेशनमा सभापतिका लागि ७ हजार रुपियाँ शुल्क तोकिएको छ भने उपसभापति र सचिवका लागि ५ हजार रुपियाँ तोकिएको छ । त्यसै गरी, सहसचिव पदका लागि ४ हजार र सदस्य पदका लागि २ हजार तोकिएको छ । अधिवेशनमा १ सय ६५ निर्वाचन क्षेत्रमा ३ हजारभन्दा बढी उम्मेदवार हुनेछन् ।
कांग्रेसको जिल्ला अधिवेशनबाट पनि मनग्य आम्दानी हुने भएको छ । निर्वाचन निर्देशिकाअनुसार जिल्ला सभापतिको उम्मेदवारका लागि १० हजार शुल्क तोकिएको छ भने उपसभापति र सचिव पदको उम्मेदवारका लागि ७ हजार शुल्क तोकिएको छ । जिल्ला अधिवेशनमा सहसचिव पदका लागि ६ हजार र कार्यसमिति सदस्य पदका लागि ३ हजार शुल्क निर्धारण गरिएको छ ।जिल्लामा सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव एक कोषाध्यक्ष निर्वाचित गरिने व्यवस्था छ । साथै, कार्यसमिति सदस्यका लागि प्रत्येक गाउँपालिकाबाट एक महिलासहित दुई जना, प्रत्येक नगरपालिकाबाट एक महिलासहित ३ जना, उपमहानगरपालिकाबाट दुई महिलासहित ५ जना र महानगरपालिकाबाट ३ महिलासहित ७ जनाको प्रत्यक्ष निर्वाचित गरिने व्यवस्था छ ।

कांग्रेसले प्रदेश कार्यसमिति निर्वाचनका लागि पनि उम्मेदवारी दर्तामा चर्को शुल्क राखेको छ । प्रदेश कार्यसमिति सभापतिको उम्मेदवारका लागि १५ हजार रुपियाँ राखिएको छ भने उपसभापति, महामन्त्री र सहमहामन्त्रीका लागि ११ हजार रुपियाँ राखिएको छ । प्रदेश कार्यसमिति सदस्यको उम्मेदवारले ५ हजार रुपियाँ बुझाउनुपर्ने निर्वाचन समितिले जनाएको छ ।मंसिर २४ देखि २६ सम्म महाधिवेशन गर्न लागेको कांग्रेसले केन्द्रीय सभापति उम्मेदवारका लागि ३० हजार रुपियाँ तोकिएको छ ।
उपसभापति र महामन्त्री पदको उम्मेदवारका लागि २५ हजार तोकिएको छ भने सहमहामन्त्री पदका लागि २० हजार रुपियाँ तोकिएको छ । यो अधिवेशनमा उपसभापति दुई र महामन्त्री दुई निर्वाचित हुनेछन् भने ८ जना सहमहामन्त्री निर्वाचित हुनेछन् । केन्द्रीय सदस्य पदका लागि १० हजार शुल्क तोकिएको छ । केन्द्रीय कार्यसमिति सदस्यको उम्मेदवारका लागि १० हजार शुल्क राखिएको छ । १४औं महाधिवेशनमा केन्द्रीय कार्यसमिति सदस्यमा विभिन्न क्षेत्रबाट १ सय २१ जना प्रत्येक्ष निर्वाचित हुनेछन् ।
निर्वाचन समितिले प्रदेश महाधिवेशन प्रतिनिधिको उम्मेदवारका लागि ३ हजार शुल्क तोकेको छ भने महासमिति सदस्य उम्मेदवारका लागि ७ हजार रुपियाँ तोकेको छ । महासमिति केन्द्रीय समितिभन्दा माथिल्लो निकाय हो । महाधिवेशन प्रतिनिधि उम्मेदवारका लागि ५ हजार रुपियाँ तोकिएको छ । महाधिवेशन प्रतिनिधि, महासमिति प्रतिनिधि र प्रदेश महाधिवेशन प्रतिनिधिका उम्मेदवारबाट मात्र कांग्रेसले ५ करोड रुपियाँभन्दा बढी रकम संकलन गर्ने अनुमान गरिएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













 आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान
आज साँझदेखि मौसममा सुधार हुने पूर्वानुमान विद्यार्थीहरूलाई पोसाक वितरण
 विद्यार्थीहरूलाई पोसाक वितरण चितवनमा बस दुर्घटना, ३३ जना घाइते
चितवनमा बस दुर्घटना, ३३ जना घाइते युवा चेतना, अस्थिरता र भविष्यको बाटो
युवा चेतना, अस्थिरता र भविष्यको बाटो जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए
जेनजी आन्दोलनमा लुटपाट गर्ने नुवाकाेटका श्रेष्ठ समातिए





प्रतिक्रिया