राप्रपाको महाधिवेशन सर्‍यो

विदुर खबर २०७८ मंसिर २ गते २१:१८

नुवाकोट । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को महाधिवेशन सरेको छ ।

Advertisement

यही मंसिर ११ देखि १३ गतेसम्मका लागि तय भएको महाधिवेशन तयारी नपुगेकोले १५ देखि १७ गतेलाई सारिएको प्रचार विभाग संयोजक मोहन श्रेष्ठले जानकारी दिए । उनका अनुसार महाधिवेशन प्रतिनिधि चयन ६, ७ र ८ गते हुने छ । 

यसअघि पनि कात्तिक २७ देखि ३० गतेसम्म गर्ने भनिएको महाधिवेशन प्राविधिक कारण देखाउँदै सारिएको थियो । महाधिवेशनमा ४५ सय प्रतिनिधि सहभागी हुने संयोजक श्रेष्ठले बताए ।

Advertisement

महाधिवेशनको तयारीका लागि यसअघि नै विभिन्न ९ समिति गठन गरिएको छ । सामाजिक कार्यपत्र तयारी समितिको संयोजकमा पशुपतिशम्शेर जबरालाई जिम्मेवारी छ । आर्थिक कार्यपत्र तयारी समितिको संयोजकमा प्रकाशचन्द्र लोहनी, राजनीतिक कार्यपत्र तयारी समितिको संयोजकमा कमल थापा छन् ।

कार्यक्रम तथा व्यवस्थापन समिति, भोजन व्यवस्था समिति, स्वास्थ्य समिति, प्रचारप्रसार समिति, स्वागत समिति र स्वयंसेवक परिचालन समितिले काम जारी राखेको उनले बताए ।

Advertisement

प्रतिक्रिया