नुवाकोटमा साढे २८ हजारको पिसिआर परिक्षण
विदुर खबर
२०७८ कार्तिक २९ गते ७:५१
विदुर । नुवाकोटमा झण्डै साढे २८ हजार जनाको पिसिआर परिक्षण गरिएको छ ।

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार हालसम्म जिल्लाका २८ हजार ४ सय ६९ जनाको पिसिआर परिक्षण गरिएको छ । जिल्लामा हालसम्म कोरोना संक्रमितको संख्या ८ हजार ३ सय ५० पुगेको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।
यस्तै नुवाकोटमा अहिलेसम्म ८ हजार २ सय ८० जना कोरोना संक्रमित कोरोनामुक्त भएर घर फर्किएका छन् । नुवाकोटमा कोरोना संक्रमणबाट हालसम्म ५१ जनाको मृत्यु भएको कार्यालयका सुचना अधिकारी उत्तमराज खनालले जानकारी दिए ।
पछिल्लो २४ घण्टामा जिल्लामा ५ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् । नुवाकोटमा सबैभन्दा बढी विदुरर नगरपालिकामा ३ हजार ३ सय ६९ जनामा कोरोना संक्रमण देखिएको छ ।
हाल जिल्लामा सक्रिय कोरोनाका सक्रिय संक्रमितको संख्या १९ जना पुगेको छ ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा
आज हरितालिका (तीज) व्रत
तारकेश्वरमा ७४ घरको एकीकृत बस्ती बन्ने, पुनर्वास प्रक्रिया सुरु
विदुरले घरभाडाबापत १० हजार रुपैयाँ उपलब्ध गराउने
विनाशकारी बाढीले त्रिभुवन त्रिशुली मावि पूर्ण रूपमा क्षतिग्रस्त: डिहीबजारमा अस्थायी रूपमा सञ्चालन गरिने





प्रतिक्रिया