कांग्रेस नुवाकोट क्षेत्र १ को (ख) मा ऋषि कुमार तामाङको प्यानल घोषणा

विदुर खबर २०७८ कार्तिक २८ गते २१:०२

विदुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको पछिल्लो तालिका अनुसार ३ मंसिरमा हुने प्रदेशसभा अधिवेशनका लागि नुवाकोट क्षेत्र नम्बर १ प्रदेशसभा १ ‘ख’ को उम्मेदवारी घोषणा गरिएको छ ।

Advertisement

नुवाकोटको क्षेत्र नम्बर १ प्रदेशसभा ‘ख’ मा कांग्रेसका नेता ऋषि कुमार तामाङ नेतृत्वको प्यानल पत्रकार सम्मेलनमार्फत घोषणा गरिएको हो ।क्षेत्र नम्बर १ प्रदेशसभा १ ‘ख’ का लागि उपसभापतिमा कर्नेल पुर्णवहादुर श्रेष्ठ र समुन तामाङले उम्मेदवारी दिएका छन् । सचिवमा आदित्य श्रेष्ठ, पवन थापाले उम्मेदवारी घोषणा गरेका छन् । यस्तै सहसचिवमा अच्युतराज ढकाल र तुलसा नेपाललाई उम्मेदवारका रूपमा घोषणा गरिएको हो ।

यस्तै, प्रदेश महाधिवेशन प्रतिनिधि खुलातर्फ भगवान पौडेल, गोपाल लामा, प्रेम कृष्ण मानन्धधर, उद्धव ढकाल , मधु मिश्र र दिवाकर अधिकारीलाई उम्मेदवारको रूपमा अघि सारिएको छ । महिला खुला ३ जनातर्फ शोभा मञ्जरी ढुङ्गाना, अम्बिका आचार्य र पार्वती हुमागाई भट्टलाई अघि सारिएको छ । पुरुष खर्स आर्यतर्फ कृष्ण पुडासैनीलाई उम्मेदवार बनाइएको छ ।

Advertisement

जनजाति पुरुषतर्फ राजकुमार तामाङ , प्रचण्डभत्त श्रेष्ठ, जनजाति महिलातर्फ चन्द्रावती श्रेष्ठ, मुस्लिम अल्पसंख्यक प्रतिनिधिमा सकिल मियाँको उम्मेदवारी घोषणा गरिएको छ ।


आज घोषणा गरिएको ऋषि कुमार तामाङ नेतृत्वको प्यानलाई केसी समुहका साथ छ । उम्मेदवार घोषणा कार्यक्रममा बोल्दै नुवाकोट क्षेत्र नम्बर १ का क्षेत्रयि सभापतिका उम्मेदवार विषम रिमालले आफुहरुको उम्मेद्धवारी नुवाकोटमा कांग्रेसलाई एकजुट बनाउनका लागि भएको बताए ।

Advertisement

उनले आफु क्षेत्र नम्बर १ को क्षेत्रिय सभापतिमा विजयी भएमा नुवाकोट कांग्रेसका नेताहरु डा. रामशरण महत, प्रकाशशरण महत, अर्जुननरसिंह केसी, जगदीश्वरनरसिंह केसी र वहादुरसिंह लामालाई एक जुट बनाएर नुवाकोटका ८८ वट्टै वडामा रातोझन्डा फहराउने बताए ।

यस्तै कार्यक्रममा नुवाकोटको क्षेत्र नम्बर १ प्रदेशसभा ‘ख’ का सभापतिका उम्मेदवार ऋषि कुमार तामाङले आफ्नो नेतृत्वको प्यानलमा राजनितिक क्षेत्रबाट निकै खारिएर आएका व्यक्तिहरु रहेको भन्दै आफुनो जित सुनिश्चित रहेको बताए । सभापतिमा उम्मेदवार दिएका तामाङ नेपाली कांग्रेसका पुर्व महासमितिका सदस्य तथा महाधिवेशन प्रतिनिधि समेत रहेका छन ।

यस्तै प्रदेशसभा उप—सभापतिका उम्मेदवार पुर्णलाल श्रेष्ठले कांग्रेसलाई संगठित गरेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे । प्रदेशसभा ख को उम्मेद्धवारहरुले आफ्नो जित सुनिश्चित रहेको भन्दै आफुहरुको प्रतिष्पर्धा अन्य कुनै समुहसँग नरहेको बताएका छन् ।

प्रतिक्रिया