विद्यार्थीहरुद्धारा पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता गर्न माग
नुवाकोट । संयुक्त विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेपाल आयल निगम घेराउ गरेका छन् ।

विद्यार्थी सङ्गठनले आम जनता र विद्यार्थीको चुलोसमेत बल्न नदिने गरी एलपी ग्यासलगायत पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरिएको भन्दै आज बिहान १० बजे नेपाल आयल निगमको केन्द्रीय कार्यालय टेकु घेराउ गरेका छन् ।
विद्यार्थी सङ्गठनले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्ने नेपाल आयल निगमका कर्मचारीको राजीनामा समेत माग गरेका छन् । कार्यक्रममा नेकपा (माओवादी केन्द्र) निकट अनेरास्ववियु (क्रान्तिकारी) नेकपा (एकीकृत समाजवादी) निकट (अनेरास्ववियु)सहितका विद्यार्थी सङ्गठनका नेता तथा कार्यकर्ताको सहभागिता रहेको थियो ।
संयुक्त विद्यार्थी सङ्गठनले जनतालाई आहात हुने गरी बढाइएको मूल्यवृद्धि तत्काल फिर्ता गराउन प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालसहितका सत्तारुढ दलका नेतालाई पनि दबाब दिने बताएका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












नुवाकाेटमा कुष्ठराेगका एक बिरामी थपिए
नुवाकाेट देशभरमै दाेस्राे बन्याे
पश्चिम एसियाको युद्धले नेपाली रोजगारी संकटमा: ‘घर फर्क’ भन्न थाले कम्पनी, सरकार सतर्क
नुवाकोटको ककनीमा टिफरको ठक्करबाट एक जनाको मृत्यु
अब दुई दिन सरकारी बिदा 





प्रतिक्रिया