बुद्धभुमि हाइड्रोपावरको शेयर सूचीकरणमा ढिलाई
नुवाकोट । बुद्धभुमि नेपाल हाइड्रोपावर लिमिटेडले सर्वसाधारणको लागि निष्काशन गरेको प्राथमिक शेयर (आईपीओ) सूचीकरण हुन ढिलाई भइरहेको छ ।

सर्वसाधारणलाई आईपीओ निष्काशन गरेको करिब साढे एक महिनासम्म पनि कम्पनीकाे शेयर सूचीकरण हुन नसकेको हो ।
कम्पनीको शेयर रजिष्ट्रार परिवर्तन हुदाँ शेयर सूचीकरणमा ढिलाई भइरहेको छ । यस अघि कम्पनीको शेयर रजिष्ट्रार सिभिल क्यापिटल मार्केट रहेको थियो । अहिले कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल रहेको छ ।
सिभिल क्यापिटलले सिद्धार्थ क्यापिटललाई कम्पनीको शेयर हस्तातरण गर्न ढिलाई गर्दा शेयर सूचीकरणमा थप समय लाग्ने भएको हो । सिद्धार्थ क्यापिटलले शेयर हस्तातरण भएपछि तत्काल सूचीकरण प्रकृया अघि बढाउने जनाएकाे छ ।
कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो ।
त्यसमध्ये २ प्रतिशत अर्थात १६ हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ४० हजार कित्ता शेयर सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी ७ लाख ४४ हजार कित्ता सर्वसाधारणलाई बाँडफाँट गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा
धादिङमा केराको विषयमा विवाद हुँदा छोराले गरे बाबुमाथि बन्चरो प्रहार
आत्मदाह प्रयास गरेकी रसुवाकी पौडेलको मृत्यु





प्रतिक्रिया