मुन्द्रेको कमेडी क्लब बन्द
नुवाकोट । लाेकप्रिय कमेडीशो मुन्द्रेको कमेडी क्लब बन्द भएको छ।

केही समयअघि निषेधाज्ञाका कारण केही समय रोकिएको उक्त कार्यक्रम अब सदाका लागि बन्द भएको हो । मुन्द्रेको कमेडी क्लबको निर्माण कम्पनी कि एडभरटाइजिङले कमेडी क्लबमार्फत चर्चामा आएका कलाकार उमेश राई (फुलन्देकी आमा) लाई प्रस्तोता बनाएर अर्को टेलिभिजन कार्यक्रमको घोषणा गरेसँगै यसका सञ्चालक तथा हास्यकलाकार जितु नेपालले उक्त शो बन्दगर्ने घोषणा गरेको बताए ।
सोमबार राजधानीमा पत्रकार भेटघाट कार्यक्रम राख्दै जितुले उक्त शो बन्द गर्ने घोषणा गरेका हुन्। ‘लामो समयसम्म एउटै धारको कार्यक्रम गरिरहेकाले दर्शकका लागि फरक धारको कार्यक्रम ल्याउँ भन्ने सोच थियो। यही कारण पनि शो बन्दगर्ने निर्णय लिएको हुँ’, जितुले भने– ‘फुलन्देकी आमा बिना कमेडी शो नचल्ने होइन, अन्य कलाकार राखेर पनि सञ्चालन गर्न सकिन्थ्यो, तर सरसल्लाह बिनै अर्को कार्यक्रममा जाँदा खेरी टिमप्रति इमानदारिता भएन। उमेशजी अर्को कार्यक्रममा जानै नहुने त होइन, हामीले कुनै सम्झौता गरेका थिएनौं, तर लामो समयसम्म एउटै कोखको दाजुभाइ जस्तै मिलेर काम गरिरहेको कलाकार अचानक अर्को कार्यक्रममा जाँदा सरसल्लाह भएको भए राम्रो हुने थियो। अचानक छोड्दा चित्त दुखाई मात्र हो।’
मुन्द्रेको कमेडी क्लब हेरिरहेका दर्शकका लागि आफूले नयाँ खालको हास्य कार्यक्रम ल्याउने योजना बनाएको जितुले पत्रकार भेटघाटमा बताए। ‘नयाँ कार्यक्रमका लागि विभिन्न टेलिभिजनसँग कुरा भइरहेको छ। ४/५ महिना ब्रेक लिएर नयाँ कार्यक्रम दर्शकमा झल्याउने सोच बनाएको छु ।’ –उनले भने।
करिव दुई वर्षसम्म सञ्चालन भएको उक्त कार्यक्रम पहिलो सिजन अन्र्तगत ७६ भाग प्रशारण भएको थियो भने दोस्रो सिजन ५६ भागसम्म प्रसारणम आएको थियो । पहिलो सिजनकी अध्यक्ष्ँमा हास्य अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला अध्यक्ष रहेकी थिइन् भने दोस्रो सिजनमा अभिनेत्री करिश्मा मानन्धर अध्यक्ष रहेकी थिइन्। शोका अन्य कालकारमा राजाराम पौडेल, राजेन्द्र नेपाली (लट्टे), लेखमणि त्रिताल, खड्कबहादुर पुन (खबपु) लुनिभा तुलाधरलगायतका कलाकार संलग्न थिए।
कि एडभरटाइजिङका प्रबन्ध निर्देशक रवीन्द्रकुमार रिजालले भने जितुले एकतर्फी रूपमा कार्यक्रम छोडेकाले मुन्द्रेको कमेडी क्लब आगामी दिनमा कमेडी क्लबका रूपमा प्रशारण हुने बताए। ‘उहाँले एकतर्फी रूपमा पत्रकार सम्मेलन गरेर फुत्त कार्यक्रमबाट बाहिरिनुभयो। उहाँले छोड्दैमा कार्यक्रम नै बन्द हुने भन्ने कुरा हुँदैन। अब अर्को होस्ट फाइनल गरी असाइन गरेर कार्यक्रमलाई निरन्तरता दिनेछौं।’ –रिजालले भने।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया