मेरो माइक्रोफाइनान्सको नाफा उल्लेख्य बढ्यो

नुवाकोट । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार लघुवित्तको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।

चालु आर्थिक वर्षको असोज मसान्तसम्ममा लघुवित्तले १२ करोड ८५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २९७.७८ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ३ करोड २३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको थियो।
खुद ब्याज आम्दानीसँगै सञ्चालन मुनाफा उल्लेख्य बढेपछि लघुवित्तको खुद नाफा बढेको हो।
समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी १४०.९४ प्रतिशत बढेको छ भने सञ्चालन मुनाफा १४०१ प्रतिशत बढेको छ। लघुवित्तले सो अवधिसम्ममा सम्भावित जोखिम बापतको व्यवस्थामा ५ करोड ३९ लाख रुपैयाँ छुट्याएको छ।
समीक्षा अवधिमा लघुवित्तको चुक्ता पूँजी १६.९४ प्रतिशत बढेको छ भने जगेडा कोष १४७.२५ प्रतिशत बढेको छ। त्यसैगरी, लघुवित्तको सापटी समीक्षा अवधिमा ९१.२० प्रतिशत बढेको छ भने निक्षेप ४७.७५ प्रतिशत र कर्जा १०२.५२ प्रतिशत बढेको छ।
नाफा बढेसँगै लघुवित्तको प्रतिशेयर आम्दानी पनि बढेको छ। गत आर्थिक वर्षको असोज मसान्तसम्ममा १५ रुपैयाँ १२ पैसा रहेको लघुवित्तको यस्तो आम्दानी चालु आर्थिक वर्षको सोही अवधिसम्ममा ५१ रुपैयाँ ४२ पैसा पुगेको छ।
असोज मसान्तसम्ममा, लघुवित्तको मूल्य आम्दानी अनुपात २७.०३ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १९५ रुपैयाँ ५८ पैसा रहेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया