प्राइम कमर्शियल बैंकको लाभांश घोषणा

विदुर खबर २०७८ कार्तिक २३ गते ८:०४

नुवाकोट । प्राइम कमर्शियल बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Advertisement

बैंकको सोमबार बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाई १६ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि ०.६३१३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारण सभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

Advertisement

प्रतिक्रिया