प्राइम बैंकले कति देला लाभांश ?
नुवाकोट । आकर्षक लाभांशको आशामा बसेका लगानीकर्ताका लागि प्राइम बैंकले कति लाभांश देला भन्ने उत्सुक्ता छ ।

तिहार अघिसम्म हालसम्म १६ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । सञ्चालनमा रहेका २७ मध्ये बाँकी वाणिज्य बैंकले हालसम्म लाभांश घोषणा गरेका छैनन् । तर लाभांश घोषणाको अन्तिम तयारीमा छन्।
हालसम्म घोषणा भएका लाभांशमध्ये नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशतको घोषणा गरेको छ । विगतका वर्षमा झैं आकर्षण लाभांश दिएको बैंकले यसपटकमा पनि सेयरधनीलाई खुसी बनाएको छ ।
यता प्राइम बैंकले पनि लाभांश घोषणाको तयारी गरेको छ । प्राइम बैंकले हालसम्म सबैभन्दा बढी २७ प्रतिशतसम्म बोनस दिएको इतिहास छ । बैंकले अघिल्लो आवमा १५ प्रतिशत बोनस सेयर दिएको थियो भने त्यसअगाडिका २ वर्षमा १६/१६ प्रतिशत लाभांश दिएको थियो ।
राष्ट्र बैंक स्रोतका अनुसार बैंकले गत आव २०७७/७८ को नाफाबाट सेयरधनीलाई करिब १६ प्रतिशत लाभांश दिने तयारी गरेको छ । बैंकले यसपटक पनि १६ प्रतिशत बोनस सेयर नै दिने तयारी गरेको छ । बैंक स्रोतका अनुसार लाभांश घोषणाका लागि तिहार लगत्तै बस्नेसञ्चालक समितिको बैठक बस्दैछ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














देउवा–खड्काको पूरक निवेदन सर्वोच्चमा दर्ता
आज प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सहभागी हुँदै
केही मानिसहरूलाई अरूको तुलनामा लामखुट्टेले बढी टोक्छन्, यस्तो छ बैज्ञानिक कारण
आज इस्लाम धर्मालम्बीलाइ सार्बजनिक बिदा
ब्रह्मकुमारीको रक्तदानमा ४९ युनिट रगत सङ्कलन





प्रतिक्रिया