प्राइम बैंकले कति देला लाभांश ?

विदुर खबर २०७८ कार्तिक २० गते २०:२७

नुवाकोट । आकर्षक लाभांशको आशामा बसेका लगानीकर्ताका लागि प्राइम बैंकले कति लाभांश देला भन्ने उत्सुक्ता छ ।

Advertisement

तिहार अघिसम्म हालसम्म १६ वटा वाणिज्य बैंकले लाभांश घोषणा गरिसकेका छन् । सञ्चालनमा रहेका २७ मध्ये बाँकी वाणिज्य बैंकले हालसम्म लाभांश घोषणा गरेका छैनन् । तर लाभांश घोषणाको अन्तिम तयारीमा छन्।

हालसम्म घोषणा भएका लाभांशमध्ये नबिल बैंकले सबैभन्दा धेरै ३८ प्रतिशतको घोषणा गरेको छ । विगतका वर्षमा झैं आकर्षण लाभांश दिएको बैंकले यसपटकमा पनि सेयरधनीलाई खुसी बनाएको छ ।

Advertisement

यता प्राइम बैंकले पनि लाभांश घोषणाको तयारी गरेको छ । प्राइम बैंकले हालसम्म सबैभन्दा बढी २७ प्रतिशतसम्म बोनस दिएको इतिहास छ । बैंकले अघिल्लो आवमा १५ प्रतिशत बोनस सेयर दिएको थियो भने त्यसअगाडिका २ वर्षमा १६/१६ प्रतिशत लाभांश दिएको थियो ।

राष्ट्र बैंक स्रोतका अनुसार बैंकले गत आव २०७७/७८ को नाफाबाट सेयरधनीलाई करिब १६ प्रतिशत लाभांश दिने तयारी गरेको छ । बैंकले यसपटक पनि १६ प्रतिशत बोनस सेयर नै दिने तयारी गरेको छ । बैंक स्रोतका अनुसार लाभांश घोषणाका लागि तिहार लगत्तै बस्नेसञ्चालक समितिको बैठक बस्दैछ ।

Advertisement

प्रतिक्रिया