तामाङ पत्रकार संघ नुवाकोटको अध्यक्षमा हाेमबहादुर तामाङ

विदुर खबर २०७८ कार्तिक १६ गते १८:४४

नुवाकोट । तामाङ पत्रकार संघ नुवाकोटको अध्यक्षमा हाेमबहादुर तामाङ चयन हुनुभएकाे छ ।

Advertisement

साेमबार सम्पन्न सङ्घकाे दाेश्रो अधिवेशनले तामाङकाे अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति सर्बसम्मत रुपमा चयन गरेकाे हाे । समितिकाे उपाध्यक्षमा भरतसन्ताेशी लामा, सचिबमा भगवती लामा, सहसचिबमा प्रताप तामाङ र काेषाध्यक्षमा करण तामाङ चयन हुनुभएकाे छ ।

यस्तै सदस्यहरुमा प्रकृति लामा, रिदिमा तामाङ, डिलबहादुर लामा र सुनिता तामाङ चयन हुनुभएको छ भने केन्द्रीय प्रतिनिधिमा शक्तिमाया तामाङ र गमला लामा रहनुभएकाे छ ।

Advertisement

जिल्लामा कृयाशिल तामाङ पत्रकारहरुकाे क्षमता बृद्दि गर्न पत्रकारिता तालिमकाे अायाेजना गर्ने नबनिर्बाचित अध्यक्ष हाेमबहादुर तामाले बताउनु भएको छ ।

Advertisement

प्रतिक्रिया