नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ४ सय १६ पुग्यो
नुवाकोट । कोराना संक्रमणबाट पछिल्लो २४ घण्टामा ९ जनाको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोना कारण मृत्यु हुनेको संख्या ११ हजार ४ सय १६ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार २४ घण्टाको अवधिमा ५ सय ३३ जना नयाँ सक्रमित थपिएका छन् भने ४ सय ९० जना निको भएका छन् । यो अवधिमा कुल ११ हजार ६ सय ६४ जनाको नमुना परीक्षण गरिएको थियो ।
हाल नेपालमा ९ हजार ३ सय १८ जना सक्रिय संक्रमित छन् । सोमबार मात्र ६५ हजार २८ जनालाई कोरानाविरुद्धको खोप लगाइएको छ ।
स्वास्थ्य मन्त्रालयले जनाएअनुसार खोप अभियान शुरु भएदेखि हालसम्म १ करोड ५९ लाख २३ हजार ३ सय ९ मात्रा खोप लगाइएको छ । ७२ लाख ५३ हजार २ सय ८३ जनाले पूर्ण मात्रामा खोप लगाएका छन् ।

विश्वव्यापीरूपमा फैलिएको कोराना संक्रमणबाट विश्वमा झन्डै २५ करोड मानिस प्रभावित भएका छन् । विश्वव्यापी तथ्यांकअनुसार १८ करोडभन्दा बढी सक्रिय संक्रमित छन् ।
हालसम्म विश्वमा कोराना संक्रमणबाट ५० लाखभन्दा बढीको मृत्यु भइसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













गायिका नितु पौडेलको पशुपति आर्यघाटमा अन्त्येष्टि
किस्पाङका घलेको लेक लागेर मृत्यु
स्वयम्भूबाट ७० लाख नगद र सुनका गहनासहित दुई जना पक्राउ
भारतमा कृत्रिम वर्षाका लागि क्लाउड सिडिङ
काठमाडौँ–केरुङ रेलमार्गको विस्तृत सम्भाव्यता अध्ययन अन्तिम चरणमा





प्रतिक्रिया