प्रदेश १ का मुख्यमन्त्री आचार्यले दिए राजीनामा

विदुर खबर २०७८ कार्तिक १५ गते १६:१७

नुवाकोट । प्रदेश १ का मुख्यमन्त्री भीमप्रसाद आचार्यले प्रदेश प्रमुखलाई राजीनामा दिएका छन्।

Advertisement

गत भदौ १० गते मुख्यमन्त्री बनेका आचार्यले प्रदेश सभामा अल्पमतमा परेपछि पदबाट राजीनामा दिएका हुन् । जनताले यही सरकार चाहेको भए पनि प्रजातान्त्रिक अभ्यासमा प्रदेश सभाभित्र अल्पमतमा परेको भन्दै राजीनामाको घोषणा गरेका थिए ।

राजीनामाको घोषणा गरेलगत्तै आचार्यले प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासीकोमा पुगेर पदबाट राजीनामा दिएका थिए । एमालेबाट फुटेर नेकपा एकीकृत समाजवादी दल बनेपछि एमालेको सरकार अल्पमतमा परेको थियो ।

Advertisement

विपक्षी गठबन्धनका ५० जना रहेको र एमालेको ४१ जनामात्र भएपछि मुख्यमन्त्री अल्पमतमा परेका थिए । असोज २५ गते विश्वासको मतका लागि प्रस्ताव दर्ता गराएको भएपनि आज विश्वासको मात लिने बेलामा उनले राजीनामा दिएका थिए ।

प्रतिक्रिया