पृथ्वी र रचनाको ‘आउ हामी सँगै बसौं’ बजारमा

विदुर खबर २०७८ कार्तिक १५ गते ७:५८

नुवाकोट । सशस्त्र प्रहरी बलका इन्स्पेक्टर पृथ्वी खनाल तथा गायिका रचना रिमालको ‘आऊ हामी सँगै बसौं’ गीत सार्वजनिक भएको छ।

Advertisement

आइतबार एक कार्यक्रमका बीच उक्त लोक आधुनिक विधाको गीत युट्युबमार्फत् सार्वजनिक भएको हो।

यशोदा महत युट्युब च्यानलबाट गीत सार्वजनिक भएको हो। गीतको भिडिओमा इन्स्पेक्टर खनालको निर्देशन, पिटर गुरुङको छायांकन तथा विष्णुहरि तिमल्सिनाको सम्पादन रहेको छ।

Advertisement

गीतकार यशोदा महतको शब्द, करनराज कार्कीको संगीत, देवेश राईको संगीत संयोजन रहेको छ।

भिडिओमा गायक खनाल र गायिका रिमालकै अभिनय देख्न सकिन्छ।

Advertisement

प्रतिक्रिया