१३ अंकले बढ्यो नेप्से, पाँच अर्ब ३९ करोडको कारोबार
नुवाकोट । सेयर कारोबारको साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।
आज १३ दशमलव चार अंकले बढेर दुई हजार सात सय ८२ दशमलब १६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

यसदिन बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ। २२२ कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ मूल्यमा खरिदबिक्री भयो।
बुधबार २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो। कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको सेयरमूल्य ओरालो लागेको छ। बैंकिङ, व्यापार, होटल तथा पर्यटन, उत्पादन, निर्जीव विमा र सामूहिक लगानी कोषको परिसूचक घटेको हो।
यसदिन अन्यको २.५३, जलविद्युत २.२१,वित्तको २.४३ प्रतिशतले शेयर मूल्य बढेको छ। बाँकी अन्य समूहको पनि शेयर मूल्य बढेको छ। यसदिन एउटा मात्र कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।
रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मात्रै शेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै मनकामना स्मार्ट लघुवत्तीय वित्तीय संस्था र हिमालयन पावर पार्टनरको शेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














उपकार सहकारी नयाँ स्थानबाट पुनः सञ्चालनमा
बिदुर ५ का बाढी प्रभावितहरुलाई रेडक्रसको नगद सहयोग
नुवाकाेटमा बाढीले बगाएका ‘लकर’का धनी खोज्दै प्रहरी
नेपाली कांग्रेस नुवाकोट क्षेत्र नं २ प्रदेश “क” सचिव रिजाल संस्थापनइतर पक्षमा खुले
विस्थापित परिवारलाई ५० हजार राहत दिने तारकेश्वर गाउँपालिकाको निर्णय, वडाको सिफारिससहित सम्पर्क गर्न आग्रह





प्रतिक्रिया