१३ अंकले बढ्यो नेप्से, पाँच अर्ब ३९ करोडको कारोबार

विदुर खबर २०७८ कार्तिक ११ गते २१:३८

नुवाकोट । सेयर कारोबारको साताको अन्तिम दिन बिहीबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

Advertisement

आज १३ दशमलव चार अंकले बढेर दुई हजार सात सय ८२ दशमलब १६ विन्दुमा पुगेर कारोबार बन्द भएको छ ।

यसदिन बुधबारको तुलनामा कारोबार रकम भने घटेको छ। २२२ कम्पनीको ९२ लाख ३६ हजार ६१३ कित्ता सेयर ५ अर्ब ३९ करोड ५२ लाख ६८ हजार ६२८ मूल्यमा खरिदबिक्री भयो।

Advertisement

बुधबार २२८ कम्पनीको १ करोड १५ लाख ९२ हजार २३५ कित्ता शेयर ६ अर्ब ६१ करोड २६ लाख ४८ हजार ८४० रुपैयाँमा कारोबार भएको थियो। कारोबारमा आएका १३ समूहमध्ये ६ समूहको सेयरमूल्य ओरालो लागेको छ। बैंकिङ, व्यापार, होटल तथा पर्यटन, उत्पादन, निर्जीव विमा र सामूहिक लगानी कोषको परिसूचक घटेको हो।

यसदिन अन्यको २.५३, जलविद्युत २.२१,वित्तको २.४३ प्रतिशतले शेयर मूल्य बढेको छ। बाँकी अन्य समूहको पनि शेयर मूल्य बढेको छ। यसदिन एउटा मात्र कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ।

Advertisement

रिदी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको मात्रै शेयर मूल्य १० प्रतिशतले बढेको हो। यस्तै मनकामना स्मार्ट लघुवत्तीय वित्तीय संस्था र हिमालयन पावर पार्टनरको शेयर मूल्य ९ प्रतिशत बढीले बढेको छ।

प्रतिक्रिया