लगातार बढ्यो सेयर बजार

विदुर खबर २०७८ कार्तिक १० गते ८:०५

नुवाकोट । साताको पहिलो दिनदेखि नै उकालो लागेको सेयर बजारमा मंगलबार पनि ७८ दशमलव ८२ अंकले बढेर २ हजार ७ सय ५१ अंकमा पुगेको छ ।

Advertisement

आइतबारदेखि बढ्न शुरू गरेको नेप्से मंगलबारसम्म आइपुग्दा करिब २ सय अंकले बढेको छ । अघिल्लो साता २ हजार ५ सय ५७ अंकमा रहेको नेप्से परिसूचक तीन दिनमा १ सय ९३ दशमलव ९२ अंकले बढेर २ हजार ७ सय ५१ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ५० अंकले बढेको छ ।

Advertisement

दिनभर भएका ७२ हजार ९ सय ७३ कारोबारबाट २२७ कम्पनीका १ करोड १४ लाख ८६ हजार १२३ कित्ता सेयर किनबेच भएका छन् । मंगलबार कारोबार रकम ६ अर्ब ३१ करोड ८३ लाख ४० हजार ९३२ रुपियाँ पुगेको छ ।

प्रतिक्रिया