नेपालमा पछिल्लो २४ घण्टामा ६ सय ६६ जनामा पुष्टि
विदुर खबर
२०७८ कार्तिक ९ गते २१:५०
नुवाकोट । नेपालमा थप ६६६ जनामा कोभिड १९ पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित अपटेड अनुसार पछिल्लो २४ घण्टामा भएको ९ हजार ७७१ पीसीआर परीक्षणमा ५६९ जनामा र दुई हजार २४९ एन्टिजेन परीक्षणमध्ये ९७ जनामा संक्रमण पाइएको हो ।
मन्त्रालायको अपडेटमा लेखिए अनुसार यसै अवधिमा ११ जना संक्रमितको मृत्यु भएको छ । मंगलबार देशभरमा ६२२ जना संक्रमणमुक्त भएका छन् ।

हालसम्म नेपालमा कुल ९ लाख ४ हजार ५१३ जनामा संक्रमण पुष्टि भएको छ जसमध्ये सात लाख ८८ हजार ६३० जनाले कोरोना जितेका छन् भने ११ हजार ३७२ जनाले ज्यान गुमाएका छन् ।
आज थपिएका संक्रमितमध्ये सबैभन्दा धेरै काठमाडौंमा १७७ जना रहेको मन्त्रालयले जनाएको छ ।

Advertisement
यस्तै ललितपुरमा ३३ जना र भक्तपुरमा २५ जनामा कोभिड १९ देखिएको छ ।अहिले देशमा कुल सक्रिय संक्रमितको संख्या १० हजार २९६ रहेको छ ।
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












विदुरका एसईई उत्तीर्ण विद्यार्थीलाई निशुल्क कम्प्युटर डिप्लोमा कोर्स
किस्पाङका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा दुहुनो गाई भैंसी वितरण
ब्लड डोनर्स एसोसिएसन नुवाकोटको रत्तदान कार्यक्रम सम्पन्न
नुवाकोटको तारकेश्वरका विक्रम थापा मगर पक्राउ
लाङटाङमा रोपिएको स्याउ सप्रिएपछि गाउँले खुशी





प्रतिक्रिया