पाँचथरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु, दर्जनौँ घाइते

विदुर खबर २०७८ कार्तिक ८ गते २१:१४

नुवाकोट । पाँचथरमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।

Advertisement

सिवाखोलाबाट फिदिमका लागि छुटेको को १ ख ३८६५ नम्बरको बस सरखण्डेमा दुर्घटना हुँदा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेहरुमा प्रमिला देवान,निश्चल देवान, प्रज्वल मगर र परिचय खुलिनसकेका एकजना रहेकोप्रहरीले जनाएको छ ।

दुर्घटनामा घाइते भएकामध्ये १२ जनालाई सामान्य उपचारपछि थप उपचारका लागि अस्पताल पठाउने तयारी भइरहेको पनि प्रहरीले जनाएको छ ।

Advertisement

केहि घाइतेहरूको पाँचथर अस्पतालसहित अन्य अस्पतालमा उपचार भइरहेको छ । दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

प्रतिक्रिया