सिद्धार्थ बैंकद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव
नुवाकोट । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ अर्ब ६४ करोड ४३ लाख ४४ हजार ८८० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १४.२५ प्रतिशतले हुन आउने १ अर्ब ५६ करोड २१ लाख २७ हजार ६३६ रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ बैंकले ०.७५ प्रतिशतले हुन आउने ८ करोड २२ लाख १७ हजार २४४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंक सञ्चालक समितिको बैठकले निर्णय गरेको छ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना











बट्टारमा मोटरसाइकलले ठक्कर दिँदा एककाे मृत्यु
बागमती सरकारको बजेट बहुमतले पारित
धादिङमा फलामको पाइपले प्रहार गरी बुबाको हत्या
लुम्बिनी बिकास बैंक बट्टारकाे सुलक्षणा माविका विद्यार्थीहरूलाई शैक्षिक सामग्री
प्रेस स्वतन्त्रताको हनन कसैले पनि गर्न सक्दैन : सञ्चारमन्त्री तिमिल्सिना





प्रतिक्रिया