सिद्धार्थ बैंकद्वारा १५ प्रतिशत लाभांश प्रस्ताव

विदुर खबर २०७८ कार्तिक ८ गते १०:५७

नुवाकोट । सिद्धार्थ बैंक लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

Advertisement

बैंक सञ्चालक समितिको आइतबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १९५ रुपैयाँको कुल १५ प्रतिशतले हुन आउने १ अर्ब ६४ करोड ४३ लाख ४४ हजार ८८० रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांशमा १४.२५ प्रतिशतले हुन आउने १ अर्ब ५६ करोड २१ लाख २७ हजार ६३६ रुपैयाँबराबरको बोनस सेयर रहेको छ। बोनस सेयर कर प्रयोजनार्थ बैंकले ०.७५ प्रतिशतले हुन आउने ८ करोड २२ लाख १७ हजार २४४ रुपैयाँबराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि गरेको छ। 

Advertisement

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी सेयरधनीहरुलाई वितरण गरिने बैंक सञ्चालक समितिको बैठकले निर्णय गरेको छ। 

प्रतिक्रिया