साहस उर्जाको शेयर यही साता नेप्सेमा सूचीकृत हुने
नुवाकोट । साहस उर्जा कम्पनीले सर्वसाधारणको लागि विक्रीमा ल्याएको प्राथमिक शेयर (आईपीओ) यहि साता नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत हुने भएको छ ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटलले यहि साता भित्रै कम्पनीकाे शेयर नेप्सेमा सूचीकरण गराउने जनाएको हो ।
‘शेयर सूचीकरण सम्बन्धि काम अन्तिम चरणमा छ । बीचमा दशैं लगायत विविध करणले सूचीकरणमा केहि ढिलाई भयो,’ एनआईबिएल स्रोतले भने, ‘यहि साता भित्रै कम्पनीको शेयर सूचीकरण हुन्छ ।’
कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण गरेको थियो ।
कम्पनीले सर्वसाधारणको लागि निष्काशन गरेको शेयर असोज १७ गते बाँडफाँट भएको थियो ।
ओपनिङ्ग रेन्ज कति होला?
गत आर्थिक वर्षको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको प्रतिशेयर नेटवर्थ १५७ रुपैयाँ ४३ पैसा रहेको छ ।
नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणा बढीसम्म ओपनिङ्ग रेन्ज प्रदान गर्न सक्नेछन् ।

त्यस अनुसार कम्पनीको पहिलो शेयर कारोबारको लागि न्यूनतम १५७ रुपैयाँ देखि ४७२ रुपैयाँ तोक्न सक्ने देखिन्छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया