के करिष्मा र जितु एमाले प्रवेश गर्न लागेका हुन्?

विदुर खबर २०७८ कार्तिक ४ गते २०:५६

नुवाकोट । बुधबार सामाजिक सञ्जालमा पूर्व प्रधानमन्त्री तथा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग कलाकारले भेटेको तस्बिरले निकै चर्चा कमायो।

Advertisement

लोक गायिका तथा एमालेकी राष्ट्रिय सभा सांसद कोमल वलीसहित अभिनेत्री करिष्मा मानन्धर र हास्य कलाकार जितु नेपालले ओलीलाई भेटेका थिए।

सामाजिक सञ्जालमा भेटघाटको तस्बिर राखेपछि करिष्मा र जितुले एमाले प्रवेश गर्न लागेको टिकाटिप्पणीसमेत सुरु भए। तर, सामाजिक सञ्जालमा भनिएजस्तै आफूहरुले एमाले प्रवेश गर्ने कुरा हल्ला मात्रै भएको जितु नेपाल बताउँछन्।

Advertisement

केही साताअघि करिष्मालाई प्रधानमन्त्री ओलीले फोन गरेको दाबी गर्दै उनले सामाजिक सञ्जालमा तस्बिर राखेपछि निकै चर्चा भएको थियो।

यसबीच ओलीसँग भेटघाट हुनुले पनि दुई कलाकारले एमाले प्रवेश गर्न लागेको हो कि भन्ने शंका उत्पन्न गरायो।

Advertisement

‘कलाकारलाई माया गर्ने नेता भएकाले हामी भेट्न गएका हौं,’ जितु भन्छन्, ‘करिष्माजीलाई फोन आएपछि हामी सबै भेट्न जाउँ भन्ने कुरा आएकाले उहाँलाई भेट्न गएका हौं। पार्टी प्रवेश गर्ने कुरै होइन।’

जितुका अनुसार एमाले अध्यक्ष ओलीसँग चलचित्र, कला क्षेत्र तथा गीतसंगीत क्षेत्रको बारेमा कुराकानी भएको छ। उनी भन्छन्, ‘उहाँ आफैंले पनि कलाकारलाई माया गर्नुहुन्छ। हामीसँगको भेटघाटमा पनि कलाकारिता कै कुरा भयो।

चलचित्र क्षेत्रको उत्थानको विषयमा छलफल गर्यौं। बाहिर हल्ला चलेको जस्तो म र करिष्माजी कसैले पनि एमाले प्रवेश गर्न लागेक होइनौं।’

प्रतिक्रिया