नुवाकोटमा बढी भाडा लिने वस नियन्त्रणमा

विदुर खबर २०७८ कार्तिक २ गते २०:५८

नुवाकोट । जिल्लाको काठमाडौं-नुवाकोट आवतजावत गर्ने छोटो दुरीको सडकखण्ड छहरे-टोखा सडकखण्डमा चल्ने सवारीसाधनमा बढी भाडा लिएको गुनासो बढेपछि छहरे अस्थायी प्रहरी पोस्टले छड्के जाँच गरेको छ।

Advertisement

सोमबार गरिएको जाँचका क्रममा बढी भाडा लिने सवारीसाधनलाई कार्वाही तथा यात्रुलाई बढी भाडाका रकम फिर्ता गरिएको छ।

छहरे अस्थायी प्रहरी पोस्टका असई रामबहादुर घिसिङका अनुसार सरकारले हालै समायोजन गरेको भाडादर भन्दा एक सय बढी लिएको पाइएकोले सो रकम फिर्ता गरिएको हो।

Advertisement

छहरे-थान्सिङ हुँदै ढिकुरे समुन्द्राटार सम्म चल्ने ४ वटा बसलाई जनगुनासोको आधारमा छड्के जाँच गरिएको असई घिसिङले बताए।

जाँचका क्रममा जिल्ला ट्राफिक कार्यालयसंग समन्वय गरिएको छहरे अस्थायी पोस्टले उल्लेख गरेको छ।

Advertisement

प्रतिक्रिया