बाढीले बगायो बझाङको बसपार्क, सदरमुकाम उच्च जोखिममा

विदुर खबर २०७८ कार्तिक २ गते १७:३०

नुवाकोट । लगातारको वर्षाका कारण सेती नदीमा पानीको बहाव बढेपछि बझाङ बाढीको उच्च जोखिममा परेको छ ।

Advertisement

सेती, कालंगा नदी, र बाहुली खोला लगायतका साना ठूला खोलामा पानीको बहाव बढेको छ । नदीहरूमा पानीको सतह बढेसँगै जिल्ला प्रशासन कार्यालयले सावधानी अपनाउन आग्रह गरेको छ ।

सूचना जारी गर्दै जिल्ला प्रसासन कार्यालयले नदीको बहाब बढेकाले काठ उतार्न, माछा मार्न र पानीसँग खेल्न, नदी खोला नजिक नजान आग्रह गरेको हो । प्रशासनले माछा मार्न तथा जरुरी कामबाहेक एक्लै नहिँड्न पनि आग्रह गरेको छ ।

Advertisement

प्रतिक्रिया