‘टारी खेत’मा पुष्प र एलिशाको रोमान्स ( भिडियो )

विदुर खबर २०७८ कार्तिक २ गते १६:२२

नायक पुष्प खड्का र मोडल एलिशा राई एकसाथ नयाँ म्युजिक भिडियोमा देखिएका छन्।

Advertisement

नुवाकोट । गायिका पासाङ ल्हामु शेर्पाको  ‘टारी खेत’मा यो जोडीलाई देखिएको हो।

यसअघि थुप्रै कलेक्शन एल्वममा आफ्नो स्वर दिइसकेकी शेर्पाले लोकप्रिय गायक राजेश पायल राई संगको सहकार्यमा उक्त म्युजिक भिडियो सार्वजनिक गरेकी हुन्।  

Advertisement

शान्तिराम राईको शब्द, संगीत रहेको यस गीतलाई आगा लामाले संगीत संयोजन गरेका हुन्।  म्युजिक  भिडियोमा सुरेश कोहली,आरोही चापागाई,प्रताब मगर,कुसुम केसीको समेत अभिनय रहेको छ।  

भिडियोमा शम्भु चालिसेको  छायाँकन र राजेश कुमारको सम्पादन रहेको छ।  शिव बिकको निर्देशनमा भिडियो तयार पारिएको हो।  निर्माण टिमले यस म्युजिक भिडियोलाई हेरेर प्रतिक्रिया दिन सबै दर्शक स्रोता तथा मिडिया हाउसलाई आग्रह गरेका छन्।  

Advertisement

प्रतिक्रिया