सुनसरीबाट ९७ बोतल लागुऔषध बरामद

विदुर खबर २०७८ कार्तिक १ गते ७:२८

नुवाकोट । सुनसरी सदरमुकाम इनरुवा–३ स्थित सखुवागाछीबाट ९७ बोतल लागुऔषध आइतबार बरामद भएको छ ।

Advertisement

को २६ प ५८६९ नम्बरको मोटरसाइकलमा पश्चिमबाट पूर्वतर्फ दुधबोक्ने भाडोमा लागुऔषध लगिरहेको छ भनी गोप्य सूचनाको अधारमा प्रहरीले चेकजाच गर्दा ९७ थान डाइलेक्स डिसी नामक लागुऔषध बरामद भएको सुनसरीका प्रहरी नायव उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो ।

दुई वटा गिलेनमा लुकाइएको लागूऔषध बरामद भएको र चालक र पछाडी सवार व्यक्ति फरार भएको प्रहरीले जनाएको छ ।

Advertisement

मोटरसाइकल छाडेर भागेका उनीहरूको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक कार्कीले जानकारी दिनुभयो । लागुऔषध गिलेनमा ओसारपसार भएको पाइनुलाई नौलो तरिका अपनाएको सुनसरी प्रहरीले जनाएको छ ।

घटनाको बिषयमा थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Advertisement

प्रतिक्रिया