दशैं बिदा सकिएसँगै राजधानी फर्किनेहरुको भीड

विदुर खबर २०७८ असोज ३१ गते २०:५०

नुवाकोट । दशैंको लागि सरकारले दिएको सार्वजनिक विदा आइतबारदेखि सकिएसँगै काठमाडौं उपत्यका फर्किनेको संख्या बढेको छ। 

Advertisement

सरकारी तथा निजी कार्यालयहरु खुल्न थालेसँगै  काठमाडौं उपत्यकाभित्र बसेर कामकाज गर्नेहरु तथा  दशैं मनाउन घर गएकाहरु फर्किन थालेका छन्। काठमाडौं उपत्यकाभित्र छिर्ने मुख्य नाकाहरु तथा बसपार्कमा आइतबार घरबाट काठमाडौं फर्किनेहरुको चहलपहल देखिन्थ्यो।

उनीहरु जसरी घर जाँदा ठूला ठूला झोलाहरु लिएर गएका थिए उसै गरी  फर्किएका दृश्यहरु देख्न सकिन्छ। निधारको रातो टीकासँगै झोला बोकेर फर्किनेहरु राजधानीका सडकहरुमा बाक्लै देखिन्छन्। 

Advertisement

प्रतिक्रिया