एक वर्षमा नेपालीले खेले साढे २८ करोड बढीको तास

विदुर खबर २०७८ असोज २७ गते १६:०७

नुवाकोट । नेपालीले १ वर्षमानै साढे २८ करोड बढीको तास विदेशबाट ल्याएर खेल्ने गरेको देखिएको छ।

Advertisement

गत वर्षको तथ्यांक हेर्ने हो भने एक वर्षमा २८ करोड ६२ लाख ६४ हजार रुपैयाँ बराबरको तास आयात भएको छ। विशेषगरी दशैं तिहार जस्ता चार्डपर्वमा तास धेरै खपत हुने गर्छ। यसले गर्दा दशैं तिहार अघि यसको आयात अझ धेरै हुन्छ। विगतको तथ्यांकलाई हेर्दा असोज महिनामा सबैभन्दा धेरै तास आयात भएको पाइन्छ। गत वर्ष पनि असोजमा नै वर्षभरीकै धेरै तास आयात भएको थियो।

गत वर्ष असोज १ महिनामा साढे ४ करोड रुपैयाँको तास आयात भएको हो। गत वर्षको पहिलो दुई महिना अर्थात साउन र भदौमा ३ करोड ४२ लाख रुपैयाँ बराबरको तास आयात भएको थियो।

Advertisement

यस वर्ष पनि गत साउन र भदौ महिनामा मात्रै साढे ५ करोडको तास आयात भएको भन्सार विभागको तथ्यांकले देखाउछ। यस अवधिमा ५ करोड ५१ लाख ३१ हजार रुपैयाँको ३० लाख ३ हजार ४७० वटा तास आयात भएको छ। असोज महिनाको तथ्यांक भने आइसकेको छैन। दशैं तिहारमा तास खेल्ने परम्परा रहिआएकोले यो समयमा तासको आयात बढेको हो।

गत वर्षको तुलनाममा यस वर्ष तास आयात अझ बढेको छ। पहिलो दुई महिनाको तथ्यांकमा गत वर्षकोभन्दा झण्डै २ करोड बढीको तास आयात भएको छ। असोज महिनामा तासको आयात अझै बढ्ने आँकलन छ।

Advertisement

पछिल्ले समय नेपालको आयात बढ्दै गएको छ। बढ्दो आयातल व्यापार घाटा उच्च दरले बढ्दै गएको छ भने यसले देशको शोधानान्तर स्थिति समेत निकै घाटामा पुगेको छ।

नेपालको निर्यात खासै धेरै बढ्न सकेको छैन भने साना साना र नेपालमै उत्पादन गर्न सकिने वस्तुहरुको लागि समेत अन्य देशकै भर पर्नुपर्ने अवस्था छ। नेपालले चालु आर्थिक वर्षको पहिलो २ महिनामा ३ खर्ब ५८ अर्ब रुपैयाँको व्यापार गरेकोमा ८९.७४ प्रतिशत हिस्सा आयातको छ भने निर्यातको हिस्सा १०.२६ प्रतिशत मात्रै छ।

प्रतिक्रिया