नयाँ मुलुकी ऐनको विरोधमा एक युवकले गरे सिंहदरबार अगाडि नाङ्गै प्रदर्शन

विदुर खबर २०७५ भदौ १ गते ९:५५

काठमाडौं , आजैबाट लागु भएको नयाँ मुलुकी ऐनको विरोधमा एक युवकले सिंहदरबार अगाडि नग्न भएर प्रदर्शन गरेका छन् । सडकमा नांगै हिँडेका उनलार्इ प्रहरीले पक्राउ गरेको छ । मुलुकी एेनको विरोधमा सडकमा एक्लै निस्केका यी युवकले नयाँ मुलुकी ऐन र गाईलाई राष्ट्रिय जनावरबाट बदरको माग गर्दै सिंहदरबार दक्षिण गेट अगाडि प्रदर्शन गरेका हुन् ।

भित्री कुनै लुगा नलगाएका उनले ‘जनावर सबै एक हुन्, कानून सबैलाई लागू गर, नयाँ मुलुकी ऐन संशोधन गर, राष्ट्रिय जनावर बदली गर’ लेखिएको प्लेकार्डले आफ्नो यौनाङ्ग छोपेका थिए । उनलाई प्रहरीले पक्राउ गरेर लगेको छ । पक्राउ पर्ने युवक जितिन लिम्बु हुन् ।

Advertisement

प्रतिक्रिया