मनोज गजुरेल बाँधिए विवाह बन्धनमा
नुवाकोट । हास्य कलाकार मनोज गजुरेलले दोस्रो बिवाह गरेका छन् । उनले मञ्जु पोखरेलसँग विवाह गरेका हुन् । न्याय सेवाको अधिकृत मञ्जु उदयपुरकी हुन् ।

मनोजले सामाजिक सञ्जालमार्फत आफूले सोमबार बिहान डोलेश्वर महादेवको दर्शन गरेर परिवारको उपस्थितिमा विवाह गरेको उल्लेख गरेका छन् । ‘
सपरिवार मानवसेवा आश्रम (कौशलटार)मा रहेका बुवाआमालाई खाना खुवाएर र खाएर विवाह सम्पन्न गरेका छौँ । परिस्थिति सिर्जित हाम्रो यो नयाँ अध्यायलाई शुभकामना र आशिर्वाद प्रदान गर्ने सबैलाई धन्यवाद’, उनले लेखेका छन् ।
मनोजको चार वर्ष अघि पहिलो श्रीमति मिना ढकालसँग सम्बन्धविच्छेद गरेका थिए । मिनासँगको सम्बन्धविच्छेद पछि उनका एक छोरा र एक छोरी मनोजसँगै थिए ।‘जीवनयात्राको दौरानमा आत्मीय साथको आवश्यकता महशुस हुनु स्वाभाविकै हो । त्यसैगरी मेरा बाबु–नानीको शिक्षा, स्वास्थ्य र भविष्यको बारेमा संवेदनशिल हुनुपनि जरुरी थियो ।
यी दुवै अवस्थामा साथदिने सहयात्रीको अभाव समयक्रममा खड्किँदै आयो । बाबुनानीको आग्रह पनि यस्तै आउन थाल्यो,’ उनले लेखेका छन् । मनोजले मञ्जु र आफ्नो एकै खालको परिवेश र उस्तै खालको भोगाई रहेको उल्लेख गरेका छन् ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












बागमती प्रदेशमा भारी वर्षाको संभावना, सतर्कता अपनाउन आग्रह
मनाङमा हिमपातपछि फसेका व्यक्तिहरुको उद्धार
नुवाकोटमा वर्षातकै बीचमा धान भित्र्याउन किसान व्यस्त
रसुवामा हिमपातको सम्भावना,सर्तकता अपनाउन आग्रह
जेनजी आन्दोलनमा प्रहरी हत्याको आरोपमा रसुवाका सौरभ समातिए





प्रतिक्रिया