​गोसाइँकुण्ड मेला सुरु,१५ हजार तीर्थयात्रीले मेला भर्ने अनुमान

विदुर खबर २०७५ भदौ १ गते ३:०८

Advertisement

रसुवा,  जनैपूर्णिमाको अवसरमा लाग्ने गोसाइँकुण्ड मेला भर्नका लागि तीर्थयात्री आउने क्रम सुरु भएको छ ।  यो वर्ष करिब १५ हजार तीर्थयात्रीले मेला भर्ने अनुमान गरिएको छ । गत वर्ष करिब ७ हजार तीर्थयात्रीले मेला भरेका थिए ।

मेला व्यवस्थापनको आवश्यक तयारी पूरा भएको गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ । मेलाका लागि दररेट निर्धारण, फोहोर व्यवस्थापन, स्वास्थ्य क्याम्प सञ्चालन, स्वंयमसेवक परिचालन, यातायातको व्यवस्थापन, अस्थायी थर्पु निर्माण, पदमार्ग मर्मतलगायतका कार्य पूरा भएको अध्यक्ष संजिव डिएमले बताए ।

Advertisement

नागपञ्चमीदेखि मेला सुरु हुने भएपनि व्यवस्थापनको कार्य भने भदौ ४ गते पूरा हुनेछ । मेलाका लागि अस्थायी बास (थर्पु) १४ वटा सञ्चालन हुने अनुमान छ । घट्टेखोलादेखि गोसाइँकुण्डसम्म जानका लागि करिब ५० वटा घोडा रहने समितिले जनाएको छ ।  समितिका अनुसार प्रचारप्रसार गर्ने, पर्चा, पप्पलेट तथा दररेटको व्यानर छाप्ने लगायतका कार्य भइरहेको छ ।

प्रतिक्रिया