राजधानीमा दशैं लक्षित खोप अभियान शुरू
नुवाकोट । राजधानीको बजार क्षेत्रमा भीडभाड बढ्न थालेको भन्दै सर्वत्र विरोध हुन थालेपछि कोभिड संक्रमण रोक्न काठमाडौं महानगरपालिकाले दशैंलक्षित तीनदिने खोप अभियान शुरु गर्ने भएको छ ।

ललितपुर महानगरपालिकाले हिजो बुधबारबाट सबै वडामा तीन दिनसम्म खोप अभियान शुरु गरेको छ भने कामपाले असोज २२ देखि शुरु गर्ने भएको छ । कामपा जनस्वाथ्य विभाग प्रमुख हरिबहादुर कुँवरले तीनदिने अभियानमा यसअघि पहिलो मात्रा लगाउन नभ्याएका महानगरवासीलाई सहभागी हुन आह्वान गर्नुभएको छ । उहाँले भन्नुभयो– ‘यो दशैं लक्षित अभियान हो, तिहार र छठमा पुनः अभियान सञ्चालन गर्नेछौँ ।’ उहाँका अनुसार अभियान शुरु भएयता हालसम्म कामपाबाट करिब ८ लाख जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसकिएको छ ।
विभागीय प्रमुख कुँवरले तीनदिने अवधिमा १८ वर्ष उमेरमाथिका करिब ८० हजार जनसंख्यालाई खोप लगाउने योजना रहेको बताउनुभयो । कामपाले यसअघि असोज ११ गतेदेखि तीन दिनसम्म अभियान सञ्चालन गरेको थियो ।
कामपाले बढी भीडभाड हुने क्षेत्रका बासिन्दालाई खोप लगाउन आग्रह गरिरहेको छ । दशै शुरू भएलगत्तै असन, इन्द्रचोक, मखन, भोटाहिटी, न्युरोड, कालिमाटी, बल्खु, बानेश्वर, कोटेश्वर, बालाजु बसपार्कलगायतका क्षेत्रमा सयौं जनताकोे भीड बढ्न थालेपछि कामपाले स्थानीयलाई सार्वजनिक अपिल गरेरै खोप लगाउन आग्रह गरेको हो ।
खोप अभियानअन्तर्गत ३२ वडाका ३४ सहित नेपाल प्रहरी अस्पताल महाराजगञ्ज, वीर अस्पताल, निजामति कर्मचारी अस्पताल बानेश्वर, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल थापाथली र वीरेन्द्र सैनिक अस्पताल छाउनी गरी पाँचवटा अस्पतालबाट खोप लगाउने व्यवस्था गरिएको छ । कामपाले अनलाइन फारम भरेका र नभरेकालाई पनि खोप लगाइदिने भएको छ ।

उता ललितपुर महानगरपालिकाले बुधबारदेखि असोज २२ गतेसम्म खोप कार्यक्रम सञ्चालन गरेको छ । ललितपुर महानगरपालिकाका खोप शाखा प्रमुख सरिता महर्जनले २९ वटै वडाको खोप केन्द्रमा खोप लगाउन शुरु गरेको बताउनुभयो ।
ललितपुर महानगरले दशैंलगत्तै पुनः खोप कार्यक्रमलाई निरन्तरता दिने तयारी गरेको छ । खोप कार्यक्रम शुरु भएदेखि ललितपुर महानगरले मात्र करिब १ लाख ९९ हजार १ सय ७२ जनालाई खोप लगाइसकेको छ । कामपा र ललितपुर महानगरपालिकाले आफ्नो वडाबाहेक जिल्ला जनस्वाथ्य कार्यालयबाट छुट्टै खोप कार्यक्रम सञ्चालन गरिरहेको छ ।
राजधानीको दुई महानगरपालिकाले दशैं लक्षित खोप अभियान शुरु गरेपछि राजधानीमा कोभिड–१९ संक्रमितको संख्या घट्दै जाने अनुमान गरिएको छ । पछिल्लो एक महिनायता काठमाडौं र ललितपुरमा दैनिक करिब २ सयको हाराहारीमा संक्रमित देखिन थालेको छ । यो संख्यालाई शून्यमा पुर्याउन दुवै महानगरले खोप अभियानलाई वडास्तरमा केन्द्रित बनाएको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













शाही युवा शक्ति नुवाकोट जिल्ला कार्यसमिति गठन
नुवाकोटको दुप्चेश्वरमा बढ्दै भक्तजन
एमाले महाधिवेशनमा नेतृत्वको रस्साकसी
धादिङमा माइक्रोबस दुर्घटना हुँदा ११ जना घाइते
सहकारी चोरीमा संलग्न नुवाकोटका गजुरेल १० लाखसहित पक्राउ





प्रतिक्रिया