हिमालयन बैंकद्धारा बम्पर लाभान्श घोषणा

विदुर खबर २०७८ असोज २१ गते ७:३०

नुवाकोट । हिमालयन बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई २६ प्रतिशत लाभांश वितरणको प्रस्ताव गरेको छ । 

Advertisement

गत आर्थिक वर्षको मुनाफाबाट हालसम्म लाभांश घोषणा गरेका वाणिज्य बैंकमध्ये हिमालयनले प्रस्ताव गरेको लाभांश सबैभन्दा बढी हो । 
अझ हिमालयनसँग मर्जरमा रहेको नेपाल इन्भेष्टमेन्ट बैंकले घोषणा गरेको लाभांशभन्दा १० प्रतिशतले बढी हो । 

बुधधबार बसेको बैंक सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई २१.३६ प्रतिशत बोनस सेयर र ४.६४ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको हो । 

Advertisement

कोरोना कहरका कारण कतिपय बैंकको लाभांश क्षमता घटिरहेको बेला हिमालयन बैंकले भने लगानीकर्तालाई उत्साहित गराउने गरी लाभांश घोषणा गरेको हो । 

बैंकको सञ्चालक समितिले यो प्रस्ताव नियामक राष्ट्रबैंकले स्वीकृत गरेपछि र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि मात्रै सेयरधनीले पाउनेछन् । 

Advertisement

हाल बैंकको चुक्तापूँजी १० अर्ब ६४ करोड ४४ लाख रुपैयाँ रहेको छ । यो हिसाबले बैंकले २ अर्ब २७ करोड ३६ लाख ४३ हजार ८४० रुपैयाँ बराबरको बोनस सेयर वितरणको प्रस्ताव गरेको हो । प्रस्तावित बोनस सेयर वितरणपछि बैंकको चुक्तापूँजी बढेर करिब १३ अर्ब नजिक पुग्नेछ । 

नेपाल इन्भेष्टमेन्ट बैंकसँग मर्जर प्रक्रियामा रहेका कारण हाल हिमालयन बैंकको दोश्रो बजारमा सेयर कारोबार भने निलम्बित अवस्थामा छ । 

प्रतिक्रिया