रसुवामा सडक अवरुद्ध हुँदा हेलिकोप्टर चार्टर
रसुवा , धुञ्चे भार्खु सडकखण्डको त्रिशुली खोला नजिक लगाइएको सपोट पर्खालमा पहिरोले क्षति पु¥याएपछि सवारी आवगमनमा अवरोध भएको छ ।
बन्द सडक खुलाउने कार्य तीब्ररुपमा भइरहेको र पहिला रोकिएका दर्जनौँ सवारी साधनलाई आँशिक रुपमा सडक खोली डोजरको सहायताले आवतजावत गराइएको डिभिजन सडक कार्यालयका सुपरभाइजर किप्पा छिरिङ तामाङले जानकारी दिनुभयो ।
करीब १५ मिटर दूरीको पहिरो क्षेत्रबाट सहज रुपले सडक खुलाउन डोजरको सहायताले ढुङ्गा फुटाउने काम तीव्ररुपमा अगाडि बढिरेहको बताउँदै डोजर अप्रेटर निमा लामाले छेउको जग कमजोर भएकाले त्यसको कुनातर्फ सडक खोल्ने प्रयास गरिएको जानकारी दिनुभयो ।
सडक अवरुद्ध भएपछि मानसरोवर कैलाश जाने भारतीय तीर्थयात्रुलाई समेत कठिनाई भएको छ । अहिले उनीहरु स्याफ्रुवेशीबाट हेलिकोप्टर चार्टर गरेर मानसरोवर कैलाश आवतजावत गर्न थालेको छ । आज मात्र चार वटा उडान भरेको श्री एयरले जनाएको छ । आँशिक रुपमा धुञ्चे क्षेत्रको पहिरो खोली पठाइएको मिनी ट्रक टिमुरेतर्फ जाँदै गर्दा अपराह्न टिमुरेको तातोपानी क्षेत्रमा आएको पहिरोमा परी त्यसमा सवार चार जना घाइते भएका छन् । घाइतेमध्ये केहिको स्वास्थ्य अवस्था गम्भीर रहेको प्रमुख जिल्ला अधिकारी कृष्ण पौडेलले जानकारी दिनुभयो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया