टेलिकमको दशैं अफरः रिचार्ज गर्दा बोनस

विदुर खबर २०७८ असोज १८ गते १८:०५

नुवाकोट । नेपाल टेलिकमले दशैंको अवसरमा रिचार्ज गर्दा बोनस र भ्वाइस तथा डाटा प्याकमा विशेष अफर ल्याएको छ। नेपाल टेलिकमले विभिन्न डाटा र भ्वाइस प्याकका साथै रिचार्ज गर्दा बोनस सहितको पर्व अफर उपलब्ध गराउने भएको हो।

Advertisement

उक्त अफर दशैंका अवसरमा भोलि (असोज १९ गते) देखि कात्तिक २ गतेसम्म उपलब्ध हुनेछ। यसैगरी महत्वपूर्ण पर्वहरु तिहार,न्हुँदया र छठका अवसरमा यी अफरहरु कात्तिक १६ गतेदेखि कात्तिक २४ गतेसम्म पुनः उपलब्ध हुने कम्पनीले जनाएको छ।

डाटा प्याक अन्तर्गत २९४ रुपैयाँमा २० जीबी डाटा १० दिनभित्र र ९८ रुपैयाँमा ६ जीबी डाटा ३ दिनभित्र प्रयोग गर्न सकिने अफर उपलब्ध हुनेछ।

Advertisement

त्यसैगरी १ दिनका लागि अनलिमिटेड डाटा प्रयोग गर्न सकिने १ एमबीपीएस गतिको अनलिमिटेड प्याक ६९ रुपैयाँमा उपलब्ध हुने कम्पनीले जनाएको छ।

भ्वाइस सेवा अन्तर्गत २५ रुपैयाँमा १ दिन (२४ घण्टा) प्रयोग गर्न सकिने ४५ मिनेटको प्याक,४० रुपैयाँमा ३ दिन प्रयोग गर्न सकिने ८० मिनेटको प्याक र ५ सय रुपैयाँमा ३५ दिनसम्म प्रयोग गर्न सकिने १ हजार ३ सय मिनेटको प्याक उपलब्ध हुनेछ।

Advertisement

यी प्याकहरु जुनसुकै समयमा प्रयोग गर्न सकिन्छ। यसैगरी अफर प्राप्त हुने अवधिमा एमपोसमार्फत रिचार्ज गर्दा बोनसको रुपमा डाटा प्याक उपलब्ध गराइने टेलिकमले जनाएको छ। २ सयदेखि ४ सय ९९ रुपैयाँसम्म रिचार्ज गर्दा २ दिनभित्र प्रयोग गर्न सकिने ५०० एमबी र ५०० भन्दा बढीको रिचार्ज गर्दा ४ दिनभित्र प्रयोग गर्न सकिने १,०२४ एमबी डाटा प्याक उपलब्ध हुनेछ।

उल्लेखित प्याकेजहरु प्राप्त गर्नका लागि ग्राहकले *1415# डायल गर्नुपर्दछ। कम्पनीको ‘नेपाल टेलिकम’ एपबाट पनि यस सम्बन्धी जानकारी लिन र सेवा खरिद गर्न सकिन्छ।

त्यसैगरी कम्पनीको वेबसाइटमार्फत पनि यस सम्बन्धी विस्तृत जानकारी प्राप्त गर्न र सेवा खरिद गर्न सकिन्छ।

प्रतिक्रिया