नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश घोषणा
विदुर खबर
२०७८ असोज १८ गते १३:४१

नेपाल इन्भेष्टमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्ता पूँजीको १६ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो। जसमध्ये बैंकले ११.२४ प्रतिशत बोनस शेयर र बोनस शेयर तथा नगद लाभांशको कर प्रयोजनको लागि समेत गरी ४.७६ प्रतिशत नगद लाभांश वितरण गर्नेछ।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात शेयरधनीहरुमा वितरण गरिनेछ।
Advertisement
असोज १७ गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना
प्रतिक्रिया