नोबेल अस्पतालको लापरवाही, हजुरबालाई लगाउनुपर्ने इन्जेक्सन नातिलाई लगाउँदा बालकको मृत्यु

विराटनगर ,सुनसरीको बर्जु गाउँपालिका– २ रामगंज बेलगछिया राजटोलमा बारुलाले टोकर उपचार गर्न आएका एक बालकको विराटनगरस्थित नोबेल मेडिकल कलेज (शिक्षण अस्पताल) मा ज्यान गएको छ ।मंगलवार साँझ बारुलाले टोकेपछि उपचारको लागि बिराटनगरमा रहेको कोशी अञ्चल अस्पतालमा भर्ना गरिएकोमा बारुलाको बिष निकाल्ने प्रबिधि नभएको भन्दै कोशीले अन्यत्र रेफर गरेको थियो । साँझै नोबेल अस्पताल पुगेका हजुरबुबा ७५ बर्षका रामदेव राय र डेढ बर्षका नाती रिशब रायको नोबेल अस्पतालमा उपचार शुरु गरिएको थियो ।
उपचारका क्रममा हजुबुवा र नातीलाई अस्पतालले एकै खालको औषधि प्रयोग गर्दा रिशवको ज्यान गएको मृतकका बुबा जितेन्द्र रायको विहीबार पत्रकार सम्मेलन गर्दे जानकारी दिएका हुन । ‘मंगलवार साँझ ५ बजे कोशी अस्पतालमा ल्याइएकोमा बारुलाले टेकेको बिष निकाल्ने प्रबिधि नभएपछि कोशीले रेफर गरेको थियो,’ जितेन्द्र रायले भने, ‘बिरामी दुबैलाई एउटै खालको औषधि लगाउँदा छोराको मृत्यु भयो ।’
नोबेल अस्पतालले रेफर नोट भन्दै मरेको बच्चालाई पठाएको बाबु रायको आरोप छ । रेफर नोट भनेर लेखिदिएको तर त्यो बेलासम्म बच्चाको मृत्यु भईसकेको उनको भनाइ छ । शवको पोस्टमार्टमको लागि प्रक्रिया अगाडी बढाउन समेत दुख दिएको उनको गुनासो छ । पत्रकार सम्मेलन गर्दे मृतक बाबु रायले घटनाको छानविन गरी दोषीलाई कारवाही गर्नुपर्ने माग गरेका छन ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












रसुवामा नौ जनाको धरौटी जफत
नुवाकोट-१ मा रास्वपाका तिमिल्सिना निर्वाचित
गगन थापा पराजित, अमरेश निर्वाचित
देवीघाटलाई नेपालको राजघाटको रुपमा बिकास गर्न पहल गर्छु : लामिछाने
रसुवामा सामानुपातिकतर्फ पनि कांग्रेस पहिलो





प्रतिक्रिया