विदुर नगरपालिकाका जनस्वास्थ्य अधिकृतमाथि आक्रमण

विदुर खबर २०७८ असोज १६ गते १५:१२

नुवाकोट । नुवाकोटको विदुरमा एक कर्मचारीमाथि आक्रमण भएको छ।

Advertisement

विदुर नगरपालिका प्रमुख तथा जनस्वास्थ्य अधिकृत पुर्णध्वज श्रेष्ठमाथि कार्यालयमै दुव्र्यवहार र आक्रमण भएको हो। यसको विरोधमा कार्यालयका कर्मचारीहरुले शुक्रवार कामकाज ठप्प पारी पेनडाउन गरेका थिउ। उनीहरुले दोषीमाथि कारवाहीको माग गरेका छन्।

कार्यालयमै सरकारका प्रतिनिधिका रुपमा रहेका कर्मचारीमाथि आक्रमण हुनु निन्दनिय रहेको कारण आक्रमणबाट कर्मचारीहरु असुरक्षित भएको उनीहरुले गुनासो गरेका छन्। विदुर नपा-८ घर भएका धिरेन्द्र तामाङले प्रमुख श्रेष्ठमाथि सांघातिक आक्रमण गरेको श्रेष्ठले बताएका छन्। 

Advertisement

तामाङलाई कारवाही नगरेसम्म आफुहरु असुरक्षित रहने प्रमुख श्रेष्ठले बताए। दोषीलाई फक्राउ गरी कारवाहीको माग गर्दै सम्बन्धित निकायमा उजुरी गरिएको विदुर नपाले जनाएको छ।

प्रतिक्रिया