डीडीसीले घिउको मूल्य बढायो
नुवाकोट । सरकारी स्वामित्वमा रहेको दूग्ध विकास संस्थान (डीडीसी) ले दशैंको मुखैमा घिउको उपभोक्ता मूल्य बढाएको छ ।

प्रतिलिटर ९ सय रुपैयाँमा बिक्री भइरहेको तयारी घिउको उपभोक्ता मूल्य एक हजार रुपैयाँ पुर्याइएको संस्थानका महाप्रबन्धक रुद्र प्रसाद पौडेलले जानकारी दिए । बढेको नयाँ मूल्य असोज १ गतेदेखि नै लागू भएको उनले बताए ।
सरकारले दशैं तिहार लक्षित सहुलियत पसल सञ्चालन गरिरहेको र कात्तिक २४ सम्म भने बढेको मूल्यमा ५० रुपैयाँ छुट पाइने उनको भनाइ छ ।
अघिल्ला वर्षका मुख्यचाड पर्वमा उपभोक्तालाई सहुलियतमा घिउ लगायतका दूग्ध पदार्थ बिक्री गरिरहेको डीडीसीले यसपटक भने दशैंको मुखैमा घिउको मूल्य वृद्धि गरेको भन्दै उपभोक्ता अधिकारकर्मीहरुले भने आपत्ति जनाएका छन् ।
चाडपर्वमा उपभोक्तालाई सहुलियतदिनु पर्नेमा उल्टै मूल्य वृद्धि गरिनु बदमासी भएको भन्दै अधिकारकर्मीहरुले तत्काल मूल्य वृद्धि फिर्ता लिन माग गरेका छन् । सरकारले सञ्चालनमा ल्याएको सुपथ मूल्य पसलमा सहुलियतमा वस्तु बिक्री गर्नु पर्ने बेलामा झनै मूल्य बढाएर डीडीसीले बदमासी गरेको उपभोक्ता मञ्च नेपालका अध्यक्ष प्रेमलाल मर्जहनले बताए ।
‘महामारीले पीडामा परेका उपभोक्तामाथि राज्यका निकायहरुबाटै शोषण गरिनु बेइमानी हो,’ मर्हजनले भने । मूल्य वृद्धि गरेर निजी क्षेत्रको उत्पादनसँग प्रतिस्पर्धा गर्न नसक्ने बनाएर सरकारी संस्थानमाथि उपभोक्ताको पहुँच घटाउन डीडीसी लागेको पनि उनको आरोप छ । केही समय अघि म्याद सकिएको मख्खनबाट बनेको घिउ बिक्रीको घटना तोडमोड गर्न मूल्य बढाइएको आशंका पनि उनले गरे ।
अर्का उपभोक्ता अधिकारकर्मी उपभोक्ता अधिकार अनुसन्धान मञ्चका अध्यक्ष माधव तिमिल्सीनाले घिउमा गरिउको मुल्य वृद्धि फिर्ता लिन डीडीसीसँग आग्रह गरे ।
आर्थिक वर्षको सुरुवात वा चाडपर्व पछि समयानुकुल मूल्य बढाउन सकिए पनि चाडपर्वको मुखैमा मूल्य बढाएर उपभोक्ताप्रति संस्थानको छबी बिगार्ने काम गरेको उनको आरोप छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया