साहस उर्जाको आईपीओ आइतबार बाँडफाँट हुने
नुवाकोट । साहस उर्जा लिमिटेडको आईपीओ आइतबार बाँडफाँट हुने भएको छ । असोज ६ गतेदेखि १० गते सम्म सर्वसाधारणको लागि निष्काशन गरेको शेयर शुक्रबार बाँडफाँट गर्ने भएको हो ।

कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले जनाए अनुसार आइतबार विहान ९ बजे आईपीओ बाँडफाँट हुनेछ ।
आज शुक्रबार प्रिअलटमेन्ट सकाएर आइतबार शेयर बाँडफाँट गर्न लगेको एनआईविएल एस क्यापिटलले जनाएको छ ।
कम्पनीले असोज ६ गते देखि १० गतेसम्म ७० करोड रुपैयाँ बराबरको ७० लाख कित्ता शेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये ३ प्रतिशत अर्थात २ लाख १० हजार कित्ता शेयर कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात ३ लाख ५० हजार कित्ता शेयर सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहने ६४ लाख ४० हजार कित्ता शेयर मात्रै सर्वसाधारणलाई वितरण हुनेछ ।

कम्पनीको आईपीओमा २४ लाख ७४ हजार ४३६ आवेदकबाट ३ करोड ४४ लाख ९८ हजार ३९० कित्ताशेयर माग भएको छ । यो सर्वसाधारणलाई निष्काशन गरेको ६४ लाख ४० हजार कित्ता शेयरको ५.३५ गुण बढी हो ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












काठमाडौंका मसाज सेन्टरमा प्रहरीको छापा, २५८ जना नियन्त्रणमा
रसुवामा ४३६ थान भेप सहित एक युवक पक्राउ
नुवाकोटको तारकेश्वरमा आइतबारको बिदा खारेज, कार्यालय समय पुनः १०–५ कायम
रास्वपाकाे रसुवा जिल्ला समिति विघटन
विदेश पठाइदिने नाममा करोडौं ठगी, सात जना पक्राउ





प्रतिक्रिया