सुनको भाउ एकैदिन ९०० रूपैयाँले बढ्यो
विदुर खबर
२०७८ असोज १५ गते १३:४३
नुवाकोट । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ वृद्धि भएको छ । असोज १५ गते, शुक्रबार सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै महासंघका अनुसार तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार १५० रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन भने सुनको भाउ २०० रुपैयँले घटेर प्रतितोला ८८ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
शुक्रबार सुनसँगै चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार १४० रुपैयाँ तोकिएको हो ।
बिहीबार चाँदीको मूल्य ३५ रुपैयाँले गिरावट भई प्रतितोला एक हजार १२० रुपैयाँ कायम भएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












कांग्रेसमा दलको नेता छान्न किचलो, केसीले नछाड्दा सभापति थापा अप्ठ्यारोमा
कांग्रेस नुवाकोटका जिल्ला सदस्य श्रेष्ठले गरे पार्टी परित्याग
इजरायलले लेबनानमा हवाई आक्रमण गर्दा २५० भन्दा बढीको मृत्यु
बागमती प्रदेशका अस्पतालमा रेबिजविरुद्धको खोप अभाव
बागमती प्रदेश उद्योग बाणिज्य संघको अध्यक्षमा श्रेष्ठ निर्वाचित





प्रतिक्रिया