सुनको भाउ एकैदिन ९०० रूपैयाँले बढ्यो
विदुर खबर
२०७८ असोज १५ गते १३:४३
नुवाकोट । साताको अन्तिम कारोबार दिन सुनचाँदीको भाउ वृद्धि भएको छ । असोज १५ गते, शुक्रबार सुन तोलामा ९०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुन प्रतितोला ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस्तै महासंघका अनुसार तेजाबी सुनको भाउ प्रतितोला ८९ हजार १५० रुपैयाँ तोकिएको छ ।
अघिल्लो कारोबार दिन भने सुनको भाउ २०० रुपैयँले घटेर प्रतितोला ८८ हजार ७०० रुपैयाँमा खरिद बिक्री भएको थियो ।
शुक्रबार सुनसँगै चाँदीको मूल्य पनि बढोत्तरी भएको छ । आज चाँदी तोलामा २० रुपैयाँले उकालो लागेर प्रतितोला एक हजार १४० रुपैयाँ तोकिएको हो ।
बिहीबार चाँदीको मूल्य ३५ रुपैयाँले गिरावट भई प्रतितोला एक हजार १२० रुपैयाँ कायम भएको थियो ।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













नुवाकोटको बेलकोटगढीका तामाङ लागुऔषधको कारोबारमा समातिए
नुवाकोट–२ मा एमालेबाट केशव पाण्डे एकल सिफारिस
शुभ–प्रभात सहकारीको १८ औ वार्षिक साधारणसभा सम्पन्न
एमाले नुवाकोटका अध्यक्ष मैनाली नुवाकोट क्षेत्र नं १ बाट एकल सिफारिस
ताप्लेजुङ केन्द्रविन्दु भएर भूकम्पको धक्का





प्रतिक्रिया