निर्वाचनमा फुटेर जानेहरुले आफ्नो हैसियत देख्छन मुख्यमन्त्रि : शाक्य
नुवाकोट । वागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले अवको निर्वाचनमा फुटेर जानेहरुले आफ्नो हैसियत देख्ने बताएका छन् ।

नुवाकोट वट्टारमा वुधवार आयोजित एमाले कार्यकर्ता भेलाको उद्घाटन गर्दै एमाले उपाध्यक्षसमेत रहेकी मुख्यमन्त्रि शाक्यले आफु सदैव पार्टी एकताको पक्षमा रहेको दावी गरिन् ।शाक्यले पद भन्दा पार्टी ठुलो रहेको वताएकी छन् । उनले राजनीतिमा पद भन्दा ठुलो पार्टी रहेको र पार्टीवाटै जनताको सेवा गर्न सकिने वताइन् ।
पार्टी भित्र केही बेमेलहरु भए पनि पार्टी फुटको विपक्षमा आफू रहेको शाक्यको ठहर छ । माधव कमरेडलाई पहिले सहयोग गरियो । तर, उहाको नियत आफ्नो घर भत्काएर अरुको घर वनाउने नियत देखियो, यसको मुल्याकंन नेपाली जनताले गरेरै छाड्ने मुख्यमन्त्रि शाक्यको भनाई छ । नेकपा एमाले जिल्लास्तरिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै मुख्यमन्त्री शाक्यले अब एमालेलाई गुटबन्दी मुक्त पार्टीको रुपमा अघि बढाउनु पर्ने बताइन् ।

शाक्यले नुवाकोटमा पार्टी फुटको असर ज्यादै न्यून परेकोले आगामी दिनमा एमालेको संगठन अझै बलियो हुने बताइन् । मुख्यमन्त्री शाक्यले स्थानीय तहको निर्वाचन नजिकिदै गरेकोले सबै नेता कार्यकर्ताहरुले जिम्वेवार ढंगले सक्रिय हुन पनि निर्देशन दिइन् ।
एमाले नेता तथा कार्यक्रममा बागमती प्रदेशका पूर्वाधार विकास मन्त्री केशवराज पाण्डेले पार्टी फुटाएर जानेहरुले इतिहासमै नगरेको भुल गरेको वताए । जनताको विकासका लागि स्थायी शान्ति तथा सम्वृद्धिको योजनाका साथ प्रदेश सरकार अगाडि वढेको उनले वताए ।

कार्यक्रममा एमाले नुवाकोटका उपाध्यक्ष तथा वागमति प्रदेश भूमिव्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री बद्री मैनालीले एमाले नुवाकोटमा एकढिक्का भए अघि बढिरहेकोले कार्यकर्ताहरुले अरुको भनाईको पछि नलाग्न आग्रह गरे । उनले विजकास र परिवर्तनको लागि आफुहरुले जनहसभागितामुलक कार्यलाई प्राथमिकता दिएको वताए ।
कार्यक्रममा म्यागङ गाउँपालिका सामरीका नेकपा माओवादी केन्द्रका जिल्ला नेता काजिमान डंगोलको नेतृत्वमा एक सय ४६ जना नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् । उनीहरुलाई मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले टिला लगाएर पार्टीमा स्वागत गरिन् ।

विदुर नगरपालिका क्षेत्र लगायतबाट ५० जनाभन्दा बढी युवायुवतीहरु विभिन्न पार्टीबाट एमालेमा प्रवेश गरेका थिए । तत्कालिन एमालेका नेता माधवकुमार नेपाल समूहमा रहेका नेताहरु मुल पार्टी एमालेमै फर्किएपछि नुवाकोटमा पहिलो पटक जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला भएको हो । यस भेलालाई विशेष चासोको साथ हेरिएको छ ।
भेलाले विभिन्न जनवर्गीय संगठनको नेतृत्व चयन लगागयतको विषयमा आन्तरिक छलफलसमेत गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मगर संघ नुवाकोटको नयाँ कार्यसमिति चयन
धादिङको धुनिबेँसी सवारी दुर्घटना हुँदा ३५ जना घाइते
दुप्चेश्वरमा लाखौं भक्तजन पुगे
नुवाकोटमा एचआइभी संक्रमित झण्डै दुईसय पुगे
निर्वाचनपछि एमालेकै सरकार बन्छ : ओली





प्रतिक्रिया