कांग्रेस अधिवेशन : वाग्मती प्रदेशका पालिकामा देउवा पक्षको वर्चस्व
नुवाकोट । नेपाली कांग्रेसको पालिका अधिवेशनअन्तर्गत वाग्मती प्रदेशका अधिकांश स्थानमा सभापति शेरबहादुर देउवा पक्षले विजय हासिल गरेको छ ।
मकवानपुरका १० स्थानीय तहमध्ये आठमा निर्वाचन र दुईमा सर्वसम्मतबाट नेतृत्व चयन भएको थियो । जसमध्ये सभापति देउवा समूहका ६ जना र इतरका चार जना सभापतिमा निर्वाचित भएका छन् ।

देउवा समूहबाट हेटौंडामा उत्सव इटेनी, मनहरीमा प्रकाश बर्तौला, मकवानपुरगढीमा राजवीर लामा, कैलाशमा राजेन्द्र घिसिङ, बकैयामा दिलबहादुर भोम्जन र इन्द्रसरोवर गाउँपालिकामा विश्व लामा निर्वाचित भएका छन् । रामचन्द्र पौडेल समूहबाट थाहा नगरपालिकामा प्रमोद जोशी, भीमफेदीमा सञ्जीव श्रेष्ठ, वाग्मतीमा फणीन्द्र तिमल्सिना र राक्सिराङमा वीरेन्द्र जिम्बा सभापतिमा चयन भएका छन् ।
काभ्रेमा देउवा र नेता कृष्णप्रसाद सिटौला पक्ष हाबी देखिएको छ । जिल्लामा सिटौला समूहको नेतृत्व केन्द्रीय सदस्य शिवप्रसाद हुमागार्इंले गर्छन् । देउवा पक्षको नेतृत्व भने संविधानसभा सदस्य तीर्थ लामाले गर्छन् । जिल्लामा नेतृत्व टुंगिएका १२ मध्ये १० पालिकामा सिटौला–देउवा समूह विजयी भएका छन् । उक्त समूहबाट बनेपामा महेशकुमार कर्माचार्य, धुलिखेलमा विदुरबहादुर बस्नेत, बेथानचोकमा प्रेमबहादुर तिमल्सिना र तेमालमा ज्ञानबहादुर लामा निर्वाचित भए । सर्वसम्मत भएका नमोबुद्धका कुन्साङ लामा, पनौतीका रामशरण भण्डारी, रोशी गाउँपालिकाका दुधराज तामाङ, भुम्लुका दावा लामा, चौरीदेउरालीका शेरबहादुर तामाङ, खानीखोलाका दोर्जेमान जिम्बा पनि सोही समूहका हुन् ।

जिल्लामा सिटौला र देउवा समूह मिलेर निर्वाचनमा उम्मेदवारी दिएका थिए । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षबाट मण्डनदेउपुरमा कश्यप पौडेल निर्वाचित र पाँचखालमा सञ्जय तामाङ सर्वसम्मत भए । जिल्ला सभापति मधुप्रसाद आचार्य, पूर्वराज्यमन्त्री कञ्चनचन्द्र बादे पौडेल समूहमा छन् । केन्द्रमा विमलेन्द्र निधिनिकट मानिने पाँचखाल नगर प्रमुख महेश खरेल जिल्लामा सोही समूहमा छन् ।
चितवनका सात पालिकामध्ये पाँचवटाको परिणाम सार्वजनिक भएको छ । भरतपुरमा आइतबार दिउँसो अबेर मतदान सकिएकाले परिणाम आइसकेको छैन । रत्ननगरमा पनि आइतबार साँझसम्म मतगणना जारी नै छ । माडीमा शनिबार भएको मतदानबाट कोमलनाथ भुसाल सभापति रहेको नयाँ कार्यसमिति चयन भएको छ । त्यसैगरी राप्ती नगरपालिकामा देवेन्द्र लामा र खैरहनी नगरपालिकामा गुणराज श्रेष्ठ सभापतिमा चयन भएका छन् । कालिका नगरपालिकामा दीपेन्द्र केसी सभापतिमा विजयी भए । इच्छाकामना गाउँपालिकामा कृतिकुमार श्रेष्ठले चुनाव जितेका छन् । हालसम्म विजयी चितवनका पाँचवटै पालिकाका सभापतिहरू देउवाइतर पक्षका छन् ।
सिन्धुलीका ९ वटा पालिकामध्ये देउवा पक्षका चार र पौडेल पक्षका चारले नेतृत्व हात पारेका छन् । घ्याङलेख गाउँपालिकाका सभापति भने खुलेका छैनन् । संस्थापन पक्षबाट दुधौलीमा नगर सभापतिमा बलराम कार्की, तीनपाटनमा सोमप्रसाद घिमिरे, हरिहरपुरगढीमा बमबहादुर स्याङ्वा र फिक्कलमा रामबहादुर कार्की चयन भएका छन् । पौडेल पक्षबाट कमलामाई नगर सभापतिमा कमल पोखरेल, सुनकोसीमा चन्द्र श्रेष्ठ, गोलन्जोरमा मोतीराज सापकोटा र मरिणमा रामबहादुर वाइवा नेतृत्वमा आएका छन् । घ्याङलेख गाउँपालिका सभापति गणेश पुलामी भने खुलेका छैनन् ।
नुवाकोटको कांग्रेसको गाउँ–नगर अधिवेशनमा देउवा पक्षको वर्चस्व छ । जिल्लाका १२ वटा पालिमध्ये देउवा पक्षका ७ सात र संस्थापनइतर पक्षका ५ जना चयन भएका छन् । रामेछापका ८ पालिकामै तीनवटामा सर्वसम्मत नेतृत्व चयन भएको छ । पाँचवटामा मतदानमार्फत कार्यसमिति चयन गरिएको छ । सबै पालिकाका सभापतिमा पौडेल पक्षले जित हासिल गरेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












पेट्रोलको मूल्य १५ रुपैयाँ बढ्यो
खेल विज्ञानको अनुशासन सदनमा उतार्ने जिम्मेवारीमा लामिछाने
रसुवामा आचार्य लगातार तेस्रोपटक अनुमोदित
एक हप्तामै बन्दैछ बालेन सरकार, पहिलो दिनदेखि नै नयाँ सन्देश
आजको मौसम : आज चार प्रदेशमा वर्षाको सम्भावना





प्रतिक्रिया