घटस्थापनादेखि हल खुल्ने, पहिलो फिल्म अंग्रेजी
नुवाकोट । घटस्थापनाको दिन(असोज २१)देखि देशभरका हल खुल्ने भएका छन् ।

अंग्रेजी फिल्म ‘फास्ट एण्ड फ्युरियस ९’ प्रदर्शन गर्दै देशभरका हल खुल्ने भएको चलचित्र संघका महासचिव अशोक शर्माले बताए । अंग्रेजी फिल्मबाट हलहरु खुल्नेछन् । अहिलेसम्म खासै नेपाली फिल्महरुको प्रदर्शन टुंगो लागिसकेको छैन । सोभित बस्नेतको फिल्म फूलपातीमा लाग्छ,’उनले भने ।
स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर नै हल खोल्ने तयारी रहेको शर्माले बताए । उनका अनुसार हलमा दुई नेपाली फिल्म एकै मितिमा भिड्नु पाउनेछैनन् । निर्माता जोगाउनका लागि आफूहरुले हल खुलेको तीन महिनासम्म यो नियम लागू गर्नेसमेत बताए ।
‘अंग्रेजी र हिन्दी फिल्ममा त्यो नियम लागू हुन्न । तर नेपाली फिल्महरु एउटै मितिमा प्रदर्शन गर्न पाइने छैन । कम्तिमा २ हप्तासम्म एउटा नेपाली फिल्मले हलमा समय पाउने छ । त्यसपछि मात्र अर्को फिल्म प्रदर्शनमा ल्याउन सकिन्छ,’शर्माले भने ।
यसअघि उपत्यकाभित्रको हलहरु खोल्न पाइने काठमाडौं, भक्तपुर र ललितपुरका प्रमुख जिल्ला अधिकारीले निर्णय गरेको थियो । तर चलचित्र संघ नेपालभरको हल खोल्ने अनुमति नदिएको भन्दै पुन: बन्द गर्ने निर्णयमा पुगेको थियो ।
कोरोना महामारीबीच पनि हल खुलेको थियो । तर, निर्माताहरुले फिल्म प्रदर्शन नगर्दा हल बन्द भयो । घटस्थापनाको दिनदेखि हल खोल्ने भनिए पनि अझै फिल्महरुको प्रदर्शन पक्का भइसकेको छैन ।
निर्देशक बस्नेतले भने फूलपातीको दिनदेखि ‘डाँडाको बर पिपल’ प्रदर्शनमा ल्याउने घोषणा गरिसकेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना














विदुरका ७ वडा जोड्ने ५० करोडको वैकल्पिक सडक स्तरोन्नतिका लागि सिफारिस
सिमचौर र गौरीबेसी जोड्न बेली ब्रिज निर्माण गरिँदै
इन्द्रायणीचौर–त्रिशूली बसपार्क जोडिने जिपलाइन सञ्चालनमा, नदी वारपार गर्न ३५ सेकेन्डमै पुगिने
देवीघाटमा त्रिशूली नदीमाथि झोलुङ्गे पुल बन्ने, एक–दुई दिनमै निर्माण सुरु हुने
किस्पाङ गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै पक्राउ





प्रतिक्रिया