विश्वासको मत लिने तयारीमा मुख्यमन्त्री शाक्य
नुवाकोट । वाग्मती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले विश्वासको मत लिने तयारी गरेकी छन् ।

सरकार जोगाउन सत्तारूढ एमालेले प्रदेशमा प्रतिनिधित्व गर्ने विभिन्न दलसँग सहकार्यको प्रयास गरे पनि सम्भव नभएपछि शाक्य विश्वासको मत लिने निष्कर्षमा पुगेकी हुन् । शाक्य नेतृत्वको सरकार अल्पमतमा परेको दुई साता बितिसकेको छ । एमाले विभाजन भएर १३ सांसदले नेकपा (एकीकृत समाजवादी) रोजेसँगै प्रदेश सरकार अल्पमतमा परेको हो । एमाले उपाध्यक्ष शाक्यले गत भदौ २ गते नेपालकै पहिलो महिला मुख्यमन्त्रीका रूपमा सत्तारोहण गरेकी थिइन् ।
नेकपा एसलाई निर्वाचन आयोगले भदौ २५ मा मान्यता प्रदान गरेसँगै मुख्यमन्त्री शाक्यले एक महिनाभित्र संसद्बाट विश्वासको मत लिनुपर्ने कानुनी बाध्यता छ । ५६ सांसदसहित एकल बहुमतबाट मुख्यमन्त्री बनेकी शाक्य अहिले ४३ सांसदमा खुम्चिएकी छन् । प्रदेशमा सरकार टिकाउन ५५ सांसद चाहिन्छ । साना दलसँगको सहकार्यमा शाक्यको पद जोगिने सम्भावना छैन ।

प्रदेशमा गठबन्धनमा रहेका माओवादी केन्द्रका २३, नेपाली कांग्रेसका २२ र नेकपा (एकीकृत समाजवादी) का १३ सांसदको संयुक्त सरकार बन्ने निश्चित छ । ‘सरकार अल्पमतमा छ वा बहुमतमा यसै भन्न सकिने अवस्था छैन । हामी अब विश्वासको मत लिन्छौं । दल विभाजन भएपश्चात् विश्वासको मत लिनु हाम्रो बाध्यता पनि हो,’ सरकारका प्रवक्ता एवम् भौतिक पूर्वाधार विकासमन्त्री केशवराज पाण्डेले भने ।
उनले प्रदेश सरकार संवैधानिक व्यवस्थाअनुसार पछिल्लो राजनीतिक घटनाक्रम ‘फेस’ गर्दै अगाडि बढ्ने बताए । हाल वाग्मती प्रदेशसभाको अधिवेशन स्थगित छ । सरकारले छिट्टै मन्त्रिपरिषद्को बैठक राखेर प्रदेशसभाको नवौं अधिवेशन डाक्ने मन्त्री पाण्डेले बताए । ‘असोज २५ गतेभित्र अधिवेशनको आह्वान गर्छौं । सरकारले त्यसको तयारी गरिरहेको छ,’ उनले भने ।
मुख्यमन्त्रीले विश्वासको मत लिने तयारी गरिरहेकाले विपक्षी दलहरूले पनि असोज २५ सम्म कुनै पनि कदम नचाल्ने भएका छन् । विपक्षी दलहरूले अविश्वासको प्रस्ताव ल्याएर अगाडि बढ्ने तयारी गरे पनि संवैधानिक व्यवस्थाअनुसार सरकारलाई विश्वासको मत लिन समय दिनुपर्ने बाध्यता छ । मुख्यमन्त्री शाक्य अल्पमतमा परिसकेको र विश्वासको मत पनि पाउने सम्भावना नभएको भन्दै राजीनामा दिएर मार्गप्रशस्त गर्नुपर्ने विपक्षी दलहरूको भनाइ छ ।
एमाले वाग्मती प्रदेशका मुख्य सचेतक दीपक निरौलाले १४ सांसदको कारबाहीलाई सर्वोच्चले सदर गरेमा नेकपा एस दर्ता वैधानिक नहुने भए कारण विश्वासको मत लिन हतारो नगरेको बताए । ‘एमालेले कारबाही गरिसकेको सांसदलाई समेटेर बनेको नेकपा एस वैधानिक छैन । माधवकुमार नेपालले २० प्रतिशत पुर्याउनुभएको छैन ।
सर्वोच्चले केन्द्रमा हाम्रो कारबाही सदर गर्यो भने प्रदेशमा फेरि बहुमतमा आउँछौं,’ निरौलाले भने । विपक्षी गठबन्धनमा विवाद सुरु भइसकेका कारण पाँच दलबीच लामो समय सहकार्य नहुने निष्कर्षमा एमाले पुगेको छ ।
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना













मापसे गरेर बस चलाउने विदुरका राजु पक्राउ
विद्यार्थीलाई झोलासहितको स्टेशनरी सामग्री वितरण
धादिङका स्थानीय पारिजात संरक्षणमा जुटे
केन्द्रीय कारागार जाने बाटो पुनर्निर्माण हुँदै
जेन–जी आन्दोलनमा बागमती प्रदेशमा ९० करोडको क्षति





प्रतिक्रिया