कांग्रेस, माओवादी र राजपालाई सूची सच्याउन आयोगको निर्देशन

विदुर खबर २०७४ फागुन १ गते ३:५५

काठमाडौं । निर्वाचन आयोगले तीन राजनीतिक दललाई प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फ अन्तिम बन्दसूचीको समावेशी समूहको प्राथमिकता क्रमलगायतका  आधारमा उमेदवार छनोट गरी नाम सिफारिस गर्न पुनः दुई दिनको समय दिएको छ ।

कांग्रेस, माओवादी केन्द्र र राजपाको सूची नमिलेका कारण मिलाउन भन्दै पत्राचार गरेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए । आयोग स्रोतका अनुसार कांग्रेसले पिछडिएको क्षेत्रबाट २ जना प्रतिनिधित्व रहनुपर्नेमा नगराएको भन्दै आयोगले त्यसलाई सच्याउन भनेको छ ।

त्यसैगरी माओवादी केन्द्रले पनि नाम तलमाथि पारेकाले सच्याउन दुई दिनको समय दिइएको निर्वाचन आयोग स्रोतले जानकारी दियो । निर्वाचन आयोगले भोलि बेलुका ५ बजेसम्म सूची सच्याउन भनेको छ ।baahrakhari

प्रतिक्रिया