नुवाकोटमा थप एक जना कोरोना संक्रमितको मृत्यु

विदुर खबर २०७८ असोज ८ गते २२:१०
corona dead

नुवाकोट । नुवाकोटमा पछिल्लो २४ घण्टामा १० जना कोरोना संक्रमित थपिएका छन् ।

Advertisement

स्वास्थ्य कार्यालय नुवाकोटका अनुसार पछिल्लो २४ घण्टामा ४७ जनाको पिसिआर र १९ जनाको एन्टीजेन परिक्षण गर्दा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै जिल्लामा कोरोना संक्रमितको संख्या ८ हजार एकसय २९ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा जिल्लामा १६ जना कोरोना संक्रमित कोरोनामुत्त भएर घर फर्किएका छन् ।

Advertisement

यससँगै नुवाकोटमा कोरोना निको भएर घर फर्कनेको संख्या ८ हजार पुगेको छ । त्यस्तै जिल्लामा सक्रिय कोरोना संक्रमितको संख्या ८१ पुगेको छ । सक्रिय कोरोना संक्रमितमध्ये ६५ जना होम आइसोलेसनमा, ११ जना अस्पतालमा र ५ जना आइसोलेसन सेन्टरमा उपचार गरिरहेका छन् ।

नुवाकोटमा पद्धिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै नुवाकोटमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।

Advertisement

हालसम्म नुवाकोटमा २७ हजार ५ सय ३२ जनाको पिसिआर परिक्षण गरिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ ।

प्रतिक्रिया