कांग्रेस महाधिवेशन २ महिना पर सर्ने
विदुर खबर
२०७८ असोज ८ गते १३:३४
नुवाकोट ।नेपाली कांग्रेसको महाधिवेशन फेरि सर्ने भएको छ।

सिंहदरबारमा जारी पदाधिकारी बैठकमा महाधिवेशन दुई महिनापछि सार्नेबारे छलफल भइरहेको सभापति शेरबहादुर देउवानिकट नेता मीन विश्वकर्माले बताए।
मंसिरमा प्रदेश अधिवेशन गरेर माघको मध्यतिर महाधिवेशन गर्ने गरी छलफल भइरहेको उनले बताए। ‘पुसमा जाडो हुने भएकाले माघको दोस्रो साता गर्ने गरी छलफल अघि बढेको छ,’ नेता विश्वकर्माले बताए।
कांग्रेस पदाधिकारी बैठक अहिले कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ। यसअघि कांग्रेस महाधिवेशन मंसिर ९ देखि १३ गतेसम्मका लागि तय गरिएको थियो।
Advertisement
सम्बन्धित
- १ सरकारको स्वास्थ्य बीमाः ३५ सय तिर्दा वार्षिक १ लाखको सेवा
- २ नुवाकोटका सन्तोष उप्रेति होटल व्यवसायी महासंघको उपाध्यक्षमा निर्वाचित
- ३ सीमा नाकामा भिडन्त, एक सशस्त्र प्रहरी र आठ भारतीय व्यापारी घाइते
- ४ नुवाकोट आदर्श बहुमुखी क्याम्पसको निमित्त प्रमुखमा भोलाप्रसाद पाण्डे
- ५ चिसो बढ्यो, उच्च हिमाली भू-भागमा हल्का हिमपातको सम्भावना












युनाइटेड युथ क्लबको अध्यक्षमा पुन : गिरी
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री
बागमतीको बजेट अधिवेशन सोमबारबाट
खेल मैदानमा चिस्यान केन्द्र बन्न दिन्नौ : स्थानिय
टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ बाँडफाँट





प्रतिक्रिया