माछापुच्छ्रे बैंकको लाभांश घोषणा

विदुर खबर २०७८ असोज ६ गते १७:५५

नुवाकोट । माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको कमाइबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

Advertisement

बैंकको असोज ६ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीहरुलाइ चुक्ता पुँजीको १३.३० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.७० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृति र बैंकको आगामी साधारणसभाले पारित गरेपछि शेयरधनीहरुले पाउनेछन्।

Advertisement

प्रतिक्रिया